समाजमा सकारात्मक सोचको थालनी गर्न पाठक,दर्शक र स्रोताहरुमाझ आशा,उत्साह जगाउन सकारात्मक समाचार र विचारको प्रवाह गर्नु जरुरी छ । त्यसैले समता अनलाइन डटकमलाई हामी आम पाठकको मर्न लागेको बिचारलाई बौ¥याउन अक्सिजनको रुपमा सकारात्मक समाचारको पर्याय बनाउन चाहन्छौँ । बिहान बिउँझने बित्तिकै अब दुःखको होइन सुखको समाचारसँगै ईन्टरनेटको माध्ययमबाट हामी पलपलको साथी बनेर तपाईहरुलाई बिउझाउन आएका छौ ।

सम्पादकीय नीति २०७४
() समाजमा भइरहेका सकारात्मक कामको पहिचान गरि समाजमा आशाको सञ्चार गराउनु हाम्रो मूल मान्यता हुनेछ ।
() हरेक समाचार र विचार समाजमा आशा जगाउने उद्देश्यले प्रवाह गरिनेछ ।
() पत्रकारिताको पेशागत निष्ठा, सम्पादकीय स्वतन्त्रता, समाचार सामाग्रीको तटस्थता, विश्वसनीयता, वस्तुनिष्ठता र शुद्धतालाई शिरोधार्य गर्नु हाम्रो कर्तव्य हुनेछ ।
() सरकारी तथा गैरसरकारी संस्थाहरुसंग सहकार्य गर्न सकिने छ । प्रायोजित रुपमा सफलताका कथा,परिवर्तनका कथाहरु  प्रकाशन तथा प्रशारण गरिने छ ।
() कुनै पनि समाचार वा सामग्री अन्य स्रोतहरूबाट लिएर प्रकाशन तथा प्रशारण गर्दा स्रोतलाई अनिवार्य उदृत गरिनेछ र अनुवाद गरिएका सामग्री प्रयोग गर्दा मूल लेखक र मूल भाषा अनिवार्य रुपले उल्लेख गरिनेछ भने अनुवादकको परिचय आवश्यकता हेरी खुलाइनेछ ।
() पत्रकारिता आचारसंहिता २०७३ को पूर्ण रुपले पालना गरिनेछ ।
() यो सम्पादकीय नीतिलाई समयानुकूल परिमार्जन गर्दै अझ सशक्त र गतिशील बनाउँदै लगिनेछ ।
() यसमा उल्लेख भएका सबै बुँदाहरूलाई मार्गनिर्देशक मन्त्र मानेर उच्च गर्वका साथ आत्मसात गरिनेछ ।

हाम्रा मूल्य र मान्यताहरू

(क) समाजमा सकारात्मक सोच र आशा,उत्साह जगाउन सकारात्मक समाचार र रचनात्मक विचारको संवाहक बन्ने छौ ।
(ख)  पाठक, दर्शक र स्रोतालाई निराश, हतास र उत्तेजित बनाउने गरी हामी कहिल्यै समाचार वा विचार प्रवाह गर्नेछैनौ ।
(ग)  हामी नेपालको संविधानको अधिनमा रही क्रियाशिल छौं । अनलाइन प्रकाशनका लागि आवश्यक      कानूनी प्रक्रिया पुरा गरेका छौं ।

(घ) ‘सामाजिक बिभेदमा  परेका समुदायको पक्षधरताको रुपमा जातिय र लैंगिक बिभेदमा  परेकाहरुको समस्यालाई सकारात्मक बिचार मार्फत पैरबी गर्नु’ हाम्रो पहिलो प्रयास हुनेछ ।

() समता अनलाइन सामाजिक बिभेदमा परेका समुदायको पक्षमा बहस, सकारात्मक विचार विमर्श, विश्लेषण गर्ने खुला थलो हो ।

(च) समता अनलाइनमा प्रकाशित प्रशारित निजी विचारको जवाफदेहिता सम्बन्धित व्यक्तिलेनै हुनु पर्नेछ । सम्पादकीय बाहेकका विचार निजी हुनेछन् ।

(छ) हामी आफ्नो अनुभव र दक्षता समाजको सकरात्मक परिवर्तनका लागि उपयोग गर्न चाहन्छौँ ।