‘पारि त्यो डाँडाँदेखि नीर जहिले’सम्मका सर्जक, जसलाई गीतको भिडियोले ठग्यो

समताखबर
  १४ पुष २०७३, बिहीबार ०८:३९

युटुबको जमाना सुरु भएपछि चलचित्रमा पनि गीतको महत्व बढ्न थाल्यो । हुनत, पहिला पनि गीत स्तरिय नभएका होइनन् । तर, अहिले गीतसँगै भिडियो पनि उत्कृष्ट बनाउनुपर्छ भन्ने सोच विकास भएको छ ।

गीतको अडियो र भिडियो उत्कृष्ट भएको खण्डमा चलचित्रको प्रचारमा सजिलो हुन्छ भन्ने भावको विकास भएको छ । अझ यसौ भनौ, धेरै चलचित्र त गीतकै कारण चलेका पनि छन् । पछिल्लो समय ‘रेशम फिलिली, प्रेमगीत, नाई नभन्नु ल, पुरानो डुङ्गा, वडा नम्बर ६’ लगायतका चलचित्रका गीतले चलचित्रको व्यापारमा ठूलो भूमिका खेले ।

गीत तयार गर्ने एकजना संगीतकार पनि त्यसको दृश्य कस्तो बन्छ भन्नेमा धेरै सोच राख्छन् । आफूले बनाएको गीतको भिडियो पनि उत्कृष्ट बनोस् भन्ने चाहना उनीहरुको हुन्छ । धेरै संगीतकारले सायद यसैले पनि होला, गीत अनुसारको भिडियो भएन भनेर गुनासो पनि गर्ने गरेको पाइन्छ ।

पछिल्लो समय संगीतकार कालिप्रसाद बास्कोटा सर्वाधिक चर्चामा छन् । उनले संगीत भरेका चलचित्रका गीतले यति धेरै चर्चा पाउन थालेका छन् कि, देश तथा विदेशमा उनकै गीत घन्कन्छन् ।

चलचित्र ‘रेशम फिलिली’मा समावेश ‘पारि त्यो डाँडाँ माथि’ बोलको गीत भा

Leave a Reply

Your email address will not be published. Required fields are marked *