गेटा आँखा अस्पतालमा लागू भएन स्वास्थ्य बिमा कार्यक्रम

समताखबर
  २६ श्रावण २०७४, बिहीबार ११:०१

धनगढी– कैलालीको गेटा आँखा अस्पतालमा अझैं स्वास्थ्य विमा कार्यक्रम शुरु हुन सकेको छैन। जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू भएको १६ महिना वितिसक्दा पनि आँखा अस्पतालमा यो कार्यक्रम अझैं कार्यान्वयनमा आउन सकेको छैन ।

कैलालीमा सामाजिक स्वास्थ्य विकास समितिले २०७२ साल चैत्र २५ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न दर्ता प्रक्रिया शुरु गरेको थियो भने २०७३ साल जेठ १ गतेदेखि सेवा दिन शुरु गरेको थियो ।

स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत तोकिएको अस्पताल तथा स्वास्थ्य संस्थामा बहिरंग सेवा, प्रयोगशाला, एक्सरे, ईलेक्ट्रो कार्डियोग्राफी, ड्रेसिङ, घाउ चिरफार, साधारण चिरफार, टाँका लगाउने, अल्ट्रासाउण्ड, ईन्डोस्कोपी, कोलोनोस्कोपी, फिजियोथेरापी, अकुपञ्चर, प्रजनन् स्वास्थ्य सेवा तथा बाल स्वास्थ्य सेवाको प्याकेजको सिमासम्म निःशुल्क उपचार हुन्छ।

त्यस्तै, मधुमेह, आँखा उपचार, अक्सिजन सेवा, प्रसुती, सर्जिकल वार्ड, मेडिकल वार्ड, कन्सल्टेन्सी सेवा, औषधी, पोषण, दन्त उपचार सेवा, स्वास्थ्य जोखिम परीक्षण, क्यान्सर, मुटुरोग, मृगौला, स्पाईनल तथा हाड ईन्जुरी, सिकलसेल एनेमिया, पार्किन्सन, दम, अल्जाईमर तथा डिमेन्सिया रोगको पनि निःशुल्क उपचार छ । तर, आँखा अस्पतालले अझै पनि कार्यक्रम शुरु नगर्दा स्वास्थ्य बिमा गरेका सेवाग्राही ९विमित०ले उपचार सेवाबाट बञ्चित हुनु परेको छ ।

आँखाको समस्या लिएर गेटा आँखाअस्पतालमा सेवा लिन जाने विमित्तहरूले स्वास्थ्य विमा कार्यक्रम सञ्चालन नभएकाले निःशुल्क पाउने सेवामा पनि पैसा तिर्नु परिरहेको छ ।
कैलालीमा सेती अञ्चल अस्पताल, टीकापुर र मालाखेती अस्पतालका साथै भजनी, उदासिपुर, चौमाला र जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट यो सेवा लिन पाईने व्यवस्था गरिएको छ । यी अस्पताल तथा स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभए भेरी अस्पतालबाट यो सेवा लिन पाउने व्यवस्था छ। आ“खाको समस्या लिएर आउने विमितहरूलाई आँखाको उपचार गर्न सहज बनाउन विमा कार्यक्रम सञ्चालन गर्नु अघिदेखि नै आँखा अस्पतालसंग पहल गरे पनि अझै सेवा शुरु हुन नसकेको सामाजिक स्वास्थ्य विकास समिति ९स्वास्थ्य विमा० कार्यक्रमका जिल्ला प्रबन्धक नरेश चौधरीले बताए ।

जिल्ला प्रबन्धक चौधरीले गेटा आँखाअस्पतालसंग सम्झौता गर्न धेरै पटक पहल गरिए पनि औषधीको मूल्यसूचीमा कुरा नमिल्दा अझै सेवा सञ्चालन हुन नसकेको बताए ।

गेटा आँखा अस्पतालले सामाजिक स्वास्थ्य विकास समितिले पठाएको औषधीको नामसहितको सूची अनुसारका औषधीमा आँखाअस्पतालले बजार मूल्यभन्दा बढी मूल्य निर्धारण गरेर पठाएकाले सेवा सञ्चालन गर्न नसकिएको उनले बताए ।

जिल्ला प्रबन्धक चौधरीका अनुसार विमा कार्यक्रमको पा“च सय ३० प्रकारका औषधीमध्ये गेटा आँखा अस्पतालले १२ प्रकारका औषधीमा बजार मूल्यभन्दा बढी मूल्य निर्धारण गरेर पठाएको थियो। आँखाअस्पतालले बजार मूल्यभन्दा बढी मूल्य राखेका औषधीहरू आँखा रोगमा दैनिक उपयोग हुने औषधी रहेकाले विमा कार्यक्रमले सम्झौता गरेको छैन । ‘हामीले विमितहरूलाई सर्वसुलभ र सुलभ मूल्यमा सेवा दिन खोजेका छौं,’ उनले भने, ‘अस्पतालले नै औषधीमा बजार मूल्यभन्दा बढी मूल्य तोकेर सम्झौता गर्न आउ“छ भने हामीले कसरी सम्झौता गर्न सक्छौं रु’ उनले भदौको पहिलो साताबाट गेटा आँखाअस्पतालमा यो सेवा विस्तार हुने आशा व्यक्त गरे ।

गेटा आँखा अस्पतालका सूचना अधिकारी रमेशप्रसाद भट्टले भने समाजिक स्वास्थ्य समितिले सम्झौता गर्नका लागि मागेको सम्झौतापत्रमा आँखा अस्पतालले औषधिमा बजार मूल्यभन्दा बढी राखेर नपठाएको दाबी गरे । उनले अस्पतालले औषधीहरूको यथार्थ मूल्य राखेर नै समितिलाई पठाएको बताए ।

स्वास्थ्य विमा कार्यक्रमले औषधीमा उपचारमा निःशुल्क भने पनि आ“खाका लागि आवश्यक पर्ने चश्मा किन्दा सिमा तोकेको छ । विमा कार्यक्रमले पा“च सय रुपैया“भन्दा बढी मूल्यको चश्मामा सेवा उपलब्ध नहुने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *