प्रमोद भन्दैछन्,‘तै मोरीको माया छ’(भिडियो)

गायक प्रमोद खरेलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। ‘तैँ मोरीको माया छ’ बोलको भिडियो सार्वजनिक भएको हो।

अभिनाष थापाको शब्द रहेको यो गीतमा आशिष अविरलको संगीत र एरेन्ज रहेको छ। भिडियोमा दुध बेच्ने युवकको प्रेम देखाउन खोजिएको छ। भिडियोमा सुधिर खनाल र पुजा खड्काको अभिनय छ।

उत्सव दाहालले खिचेको यो भिडियोको सम्पादन निशान घिमिरले गरेका हुन्। गीतको भिडियो निर्देशन युवराज बाइवाले गरेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *