कञ्चनपुरमा बृद्धाश्रम चलाउने शारदा देवीलाई दुई लाखको पुरस्कार

काठमाडौं २५ भदौ । कञ्चनपुरमा बृद्धसेवा केन्द्र सञ्चालन गरेकी एक महिलालालाई दुई लाख राशिको सामाजिक सेवा पुरस्कार प्रदान गरीएको छ । भीमदत्त नगरपालिका, बनखेतमा महिला तथा वृद्ध सेवा केन्द्रकी अध्यक्ष शारदा देवी चन्दलाई रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार प्रदान गरीने भएको हो ।
स्वयम् सेवाको भावनाले सामाजिक सेवामा उदाहरणीय योगदान गर्ने संस्था वा व्यक्तिलाई पुरस्कृत र सम्मानित गर्ने उद्देश्यले २०७० सालमा स्थापना भएको उक्त पुरस्का यो वर्ष चन्दलाई प्रदान गर्ने निर्णय भएको कोषका अध्यक्ष ध्रुव नेपालले बताए ।
कोषले रामबाबु–ज्ञानु समाज सेवी पुरस्कार द्वन्द्व पीडित अपाङ्ग समाज साँखु र अध्यक्ष युवराज थापा तथा कीर्तिपुरस्थित बेबी लाइफ होम र संस्थापक राजकुमार पुन री उमा राई गुरुङलाई प्रदान गर्ने निर्णय गरेको छ । समाजसेवी पुरस्कारको राशी नगद एक लाख र सम्मानपत्र रहेको छ ।
सुरुमा दुई लाखको एक पुरस्कार मात्र दिनेगरी स्थापना भएको उक्त पुरस्कारमा २०७२ देखि थप एक लाख र २०७४ देखि फेरी एकलाख थप गरी चार लाखको पुरस्कार प्रदान गर्न थालिएको हो । पुरस्कारको यो चौथो वर्ष हो । पुरस्कार प्रदान गर्नका लागि पाँच सदस्यीय प्रतिभा छनोट समिति गठन गर्ने व्यवस्था छ । प्रतिभा छनोट समितिले गरेको सिफारिशको दुई तह प्रबन्ध समिति र साधारण सभाले छानबिन गरेर मात्र पुरस्कार बारेमा निर्णय गर्ने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *