प्रधानमन्त्रीद्वारा लोहारप्रति श्रद्धाञ्जलि

ललितपुर । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसका पूर्व केन्द्रीय सदस्य स्व. प्रतापराम लोहारप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । 

काँग्रेस केन्द्रीय कार्यालय प्रांगणमा राखिएको लोहारको पार्थिव शरीरमा प्रधानमन्त्री देउवाले पार्टीको झण्डा ओढाएर उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।

प्रधानमन्त्रीले दलित आन्दोलनका अथक योद्धा एवं समाजसेवी लोहारको निधनले आफूलाई अत्यन्त मर्माहत र दुःखी बनाएको तथा काँग्रेसको संगठन एवं समग्र दलित आन्दोलनमा अपूरणीय क्षति पुगेको विज्ञप्तिमार्फत बताए ।

काँग्रेसको संगठन, लोकतन्त्रको सुदृढीकरण र दलित उत्थानमा उनले पु¥याएको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहने बताउँदै शोकसन्तप्त परिवारमा पार्टी र आफ्नातर्पmबाट समवेदना प्रकट गरेको विज्ञप्तिमा उल्लेख छ ।

लोहारप्रति काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता तथा उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ, नेता अर्जुननरसिंह केसी, जीवन परियारलगायतले श्रद्धाञ्जलि प्रकट गरेका थिए ।

लोहारको ७४ वर्षका उमेरमा भदौ २३ गते उपचारका क्रममा सुमेरु अस्पताल ललितपुरमा निधन भएको थियो । लोहारका एक श्रीमती, एक छोरा र चार छोरी छन् । उनको दाहसंस्कार आजै पशुपति आर्यघाटमा गरिने कार्यक्रम रहेकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *