१५ औं अन्तर्रा्ष्ट्रिय सम्मेलन शुरु

समताखबर
  ४ आश्विन २०७४, बुधबार ०७:१७

काठमाडौँ । गुणस्तरका लागि एसियाली सञ्जालको १५ औं अन्तर्रा्ष्ट्रिय सम्मेलन आजदेखि शुरु भएको छ । 

शुक्रबारसम्म सोल्टी होटलमा जारी रहने सम्मेलनमा एसिया महादेशका विभिन्न १५ मुलुकका गुणस्तरसम्बन्धी विज्ञ सहभागी छन् ।

दिगो समृद्धिका लागि गुणस्तरीय संस्कृति नाराका साथ शुरु भएको उक्त सम्मेलनको उद्योगमन्त्री सुनिलबहादुर थापाले उद्घाटन गरे । उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्रवाह गराउने सरकार र प्रदायकको दायित्व भएको मन्त्री थापाले बताए ।

“राज्यले निर्दिष्ट गरेका गुणस्तरको मापदण्डलाई अवलम्बन गरी त्यसलाई कार्यान्वयन गर्न उद्योगी अग्रसर हुनुपर्छ, गुणस्तरीयताले मानवजातिको जीवन र कार्यशैलीमा निखारपन ल्याउन सहयोग पु¥याउँछ,” उनले भने ।

कार्यक्रमका संयोजक जनार्दन घिमिरेले नेपालमा पहिलोपटक हुन लागेको उक्त सम्मेलनले उपभोक्तालाई गुणस्तरीय उत्पादन र सेवा उपलब्ध गराउनका लागि रणनीति तयार गर्न सहयोग पुग्ने बताए । 

सार्वजनिक सेवाको गुणस्तरमा सुधार, ग्राहक र सेवाग्राहीको सन्तुष्टि, गुणस्तरको संस्कार, नेतृत्व विकास, परिवर्तन र जोखिम व्यवस्थापन वातावरणीय सुरक्षा, व्यावसायिक उत्कृष्टता, दिगोविकास र सामाजिक जिम्मेवारीलगायत विषयमा छलफल हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *