प्रहरीमा भर्ना हुन पाँच हजार जनाको आवदेन

समताखबर
  ४ आश्विन २०७४, बुधबार ११:१६

कञ्चनपुर । जनपद प्रहरीमा भर्ना हुन सुदूरपश्चिमका नौवटा जिल्लाबाट पाँच हजार दुई सय ५८ जनाले आवेदन दिएका छन् । सबैभन्दा बढी कैलालीबाट एक हजार तीन सय ९९ महिला तथा पुरुषले दर्खास्त दिएका छन् । 

सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दीपायलका प्रहरी नायब उपरीक्षक शंकरदत्त भट्टका अनुसार कञ्चनपुरमा आठ सय ४४, डडेल्धुरामा तीन सय १, बैतडीमा चार सय ९, दार्चुलामा चार सय ५०, बझाङमा तीन सय ६६, बाजुरामा पाँच सय ५३, अछाममा तीन सय ८६, डोटीमा ९७ र तालिम केन्द्र दीपायलमा छ सय ४५ जनाले आवदेन दिएका छन् ।

आवेदन दिनेमा महिलाभन्दा पुरुषको सङ्ख्या दोब्बर छ । सात सय ६७ जनाका लागि भर्ना खोलिएको हो । यसअघि जवान भर्नाका लागि आवदेन दिएकामध्ये सुदूरपश्चिमबाट दुई हजार आठ सय ३३ जनाले लिखित परीक्षा दिइसकेका छन् ।

अघिल्लो पटक तीन हजार नौं सय ४९ जनाको आवेदन परेको सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दीपायलले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *