
सिरहा । नेकपा माओवादी केन्द्रले सिरहाको कर्जन्हा नगरपालिकाबाट पहिलो खाता खोलेको छ । कर्जन्हा नगरपालिकाको मेयर र उपमेयर दुवैमा माओवादी विजयी भएको छ । माओवादी केन्द्रका मेयर पदका उम्मेदवार गंगा पासवानले ४ हजार ३ सय ९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रामदयाल महतोले ३ हजार एक सय ९० मत प्राप्त गरे ।
यस्तै, उपमेयरमा पनि माओवादी केन्द्रकै ज्ञानकुमारी श्रेष्ठ निर्वाचित भएकी छन् । श्रेष्ठ ४ हजार ३ सय १६ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । श्रेष्ठकी निकटमत प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार अन्जुकुमारी रायले २ हजार ९ सय ४५ मत प्राप्त गरिन् । कर्जन्हा नगरपालिकाको वडा २ र ६ मा एमालेमा उम्मेदवार विजयी भएका छन् भने अन्य सबै वडा अध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । १५ हजार ७ सय ७४ मतदाता रहेको यो नगरपालिकामा १२ हजार १ सय ६२ मत खसेको थियो ।
Leave a Reply