
काठमाडौं । नेपाल रेडक्रस सोसाइटी झापा शाखाले वर्षेनी वर्षातको समयमा आउने बाढीका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्न सम्बन्धित निकायले विगतलाई हेरेर पाठ सिक्नुपर्नेमा जोड दिएको छ ।
बाढी र अविरल वर्षाले लगभग डेढ दर्जन मानिसको मृत्यु र अर्बौं रुपैयाँ बराबरको धन सम्पत्ति नष्ट भएको छ । बाढीले कृषि क्षेत्र, नदीका तटबन्ध, सिँचाइ क्षेत्र, मानव बस्ती, सडक सञ्जाल र सामुदायिक विद्यालयमा अत्याधिक क्षति पुगेको छ ।
बाढीग्रस्त क्षेत्रमा उद्धार, खोज एवं राहत वितरणमा सक्रिय भूमिका निर्वाह गरिरहेको उक्त शाखाले बाढीबाट मानव जनजीवन प्रभावित हुन नदिनका लागि तत्काल राहत, उद्धार एवं खोज गर्न केही सुझाव दिएको छ ।
सुझावमा विपद व्यवस्थापनसम्बन्धी गोष्ठी तालीम, कार्यशाला अभिमुखीकरण गर्न जिल्ला समन्वय समितिले पहल गर्नुपर्ने, स्थानीय विपद व्यवस्थापन समिति, सामुदायिक विपद व्यवस्थापन समिति, विपद जोखिम व्यवस्थापन योजनालगायतले स्थानीय निकायसँग सरोकारका विषयमा छलफल गरी कार्यान्वयन गनुपर्ने छ ।
स्थानीय तहमा कार्यरत विपद् व्यवस्थापन कोष स्थापना तथा हरेक स्थानीय निकायामा १०० सेट गैर खाद्य सामग्री राख्नुपर्ने, एक–एक वटा रबरबोट डुंगा तयारी अवस्थामा राख्नुपर्ने, गाउँपालिका र नगरपालिकामा विपदको समयका लागि सुरक्षित स्थानको पहिचान गर्नुपर्ने ।
हरेक स्थानीय निकायमा एक–एक वटा सुरक्षित सामुदायिक भवन निर्माणका लागि पहल गर्नुपर्ने सुझाव दिएको सोसाइटीका सभापति लोकराज ढकालले जानकारी दिए ।
उनले नमूना बस्ती वा नमूना गाउँ निर्माणका लागि सबै क्षेत्रबाट आवश्यक पहल र प्रयत्न हुन जरुरी भएको र जनता आवासजस्ता सरकारी योजनालाई यसैमा एकीकृत गरी योजना सञ्चालन हुनुपर्ने बताएका छन् ।
Leave a Reply