कावासोती क्षेत्रमा दुर्घटना न्यूनीकरण गर्न ट्राफिक शिक्षक

नवलपरासी । पश्चिम नेपालमा सबैभन्दा बढी दुर्घटना हुने नवलपरासीको  बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न एक विद्यालयमा एक एक जना ट्राफिक शिक्षक तयार गरिँदै आएको छ । 

विद्यालयबाट सञ्चार छिटो हुने भएकाले अटो वेज प्रालि चितवन र रोटरी क्लब नारायणगढको सहयोगमा जिल्ला ट्राफिक कार्यालय कावासोती नवलपरासीले प्रत्येक विद्यालयमा एक एक जना ट्राफिक शिक्षक उत्पादन गर्ने अभियान शुरु गरेको हो ।

जिल्ला ट्राफिक कार्यालय कावासोतीका प्रमुख धम्रेन्द्र रावलका अनुसार ट्राफिक शिक्षकले आफ्ना विद्यालयमा विद्यालय ट्राफिक स्वयंमसेवक उत्पादन गर्ने छ । उत्पादित स्वयंमसेवक शिक्षकले आफ्नो घर र समाजमा ट्राफिक सचेतनासम्बन्धी जानकारी गराउने छन् ।

विद्यालय, शिक्षक र विद्यार्थीबाट तत्काल घर अनि समाजलाई सकारात्मक असर गर्ने भएकाले नमूनाका रुपमा नवलपरासीमा यो कार्यक्रम ल्याइएको ट्राफिक प्रमुख रावलले बताए ।

ट्राफिक शिक्षक तयार गर्ने उद्देश्य कावासोतीमा यस क्षेत्रका विद्यालयका शिक्षकलाई भेला गराएर ट्राफिक नियम, व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरण र सहज व्यवस्थापन सम्बन्धमा जानकारी गराइएको छ ।

प्रत्येक विद्यालयबाट उत्पादन भएका ट्राफिक शिक्षकलाई प्रमाणपत्र र रिफेस जकेटसमेत प्रदान गरिएको छ । ती शिक्षकले नजिककै ट्राफिक कार्यालयको सहयोगमा कार्यक्रम गर्न सक्नेछन् । शिक्षकबाट उत्पादित स्वयंसेवकले आ–आफ्ना विद्यालयमा अन्य विद्यार्थीलाई प्रशिक्षित गर्नेछन् ।

ती विद्यार्थीले महिनामा एकपटक ट्राफिक सचेतना, दुर्घटना न्यूनीकरण, लागुऔषध दुव्र्यसनी र वातावरण संरक्षणसम्बन्धी कार्यक्रम गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *