नेपालको संविधान शान्ति, स्थायित्व र विकासको नयाँ सूत्रपात

समताखबर
  ६ आश्विन २०७४, शुक्रबार ०७:२४

काठमाडौं । नेपालले मुलुकभित्र बहुलवाद र अन्तर्रा्ष्ट्रिय सम्बन्धमा बहुध्रुवीय नीतिलाई अनुशरण गरेको बताईएको छ ।

संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामा भाग लिन न्यूयोर्कमा रहेका देउवाले बिहीबार कोलम्बिया विश्वविद्यालयमा आयोजित ‘समावेशी लोकतन्त्र र विकासतर्फ नेपालको रुपान्तरण’ विषयक वल्ड लिर्डर्स फोरम विश्व नेता मञ्चलाई सम्बोधन गर्दै भने ‘‘नेपालको यथार्थ बहुलवाद हो र यसको राष्ट्रिय शक्ति ऐक्यबद्ध संस्कृति र यहाँका जनताको धैर्यता हो ।’’

दुई दशकअघि विश्वका राष्ट्रअध्यक्ष सरकार प्रमुखलाई सम्बोधन गरेका थिए । नेपालले शान्तिपूर्ण सहअस्तित्वसहितको पञ्चशीलको सिद्धान्तलाई अंगीकार गरी आएको बताउँदै सिद्धान्तले अनिश्चय र आरोहअवरोहबीचमा सुमधुर सम्बन्ध कायम राख्न मार्ग्निर्देश गर्ने विश्वास प्रकट गरे ।

सहयोग विस्तार तथा जीतका लागि ‘कनेक्टिभिटी’ पूर्व सर्त हो । “ऐतिहासिककालदेखि स्वतन्त्र रहन पाएकोमा नेपाल गौरवान्वित छ । नेपालले स्वतन्त्र परराष्ट्र नीतिलाई अनुशरण गर्दा नेपालले कुनै भय र झुकावबिना गुणका आधारमा हरेक मुद्दामा निर्णय लिने गरेको छ ।”

मित्रता कायम गर्नु र शान्ति, प्रगति र समृद्धिका लागि मिलेर काम गर्नु नेपालको लामो समयअघि देखिको नीति रहँदै आएको पनि उनले स्मरण दिए । प्रधानमन्त्री देउवाले भने “नेपाल आफ्ना मित्रहरुको चिन्ता र चासोप्रति सदा सजग रहेको चासोमा पनि यस किसिमको सजगताको अपेक्षा राख्छ ।”

नेपालमा प्रजातान्त्रिक संघर्षका लागि भएको आधा शताब्दीको आधुनिक इतिहास प्रकाश पार्न आफू उपस्थित भएको बताउँदै प्रजातान्त्रिक मूल्य मान्यताप्रति प्रतिबद्ध, अप्ठ्यारा स्थितिमा पनि विधिको शासनप्रति प्रतिवद्ध, गरिबीले व्याप्त अतिकम विकसित मुलुकका रुपमा नेपाललाई प्रस्तुत गराए ।

नेपालले सशस्त्र द्वन्द्वको समाधानमा संवाद र वार्ताको माध्यम अपनाएको जानकारी दिँदै उनले जटिलतम परिस्थितिमा पनि नेपाली जनताले गरेको प्रजातान्त्रिक संघर्ष र प्रजातन्त्रप्रतिको गहिरो कटिबद्धतालाई प्रतिबिम्बित गर्नु विश्वकै लागि उदाहरणीय भएको बताए ।

समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको मात्र नभई शान्ति, स्थायित्व र विकासको नयाँ युगको सूत्रपात पनि ग¥यो ।’’ प्रधानमन्त्री देउवासँग कोलम्बिया विश्वविद्यालयका विद्यार्थीले नेपालको समसामयिक विषयमा राखेको जिज्ञासाको जवाफ दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *