
लहान । सिरहा धनगढीमाई नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा माओवादीकेन्द्र विजयी भएको छ ।
हरिनारायण चौधरीले पाँच हजार ६८३ मत प्राप्त गरी प्रमुखमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पञ्चलाल महतोले चार हजार ३०७ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ ।
उपप्रमुखमा माओवादी केन्द्रकै फूलकुमारी श्रेष्ठले पाँच हजार ६१३ मत प्राप्त गरी विजयी भएकी छिन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकै बिमलादेवी साह सोनारले चार हजार १०२ मत प्राप्त गरेकी छिन् ।
त्यस्तै सखुवानन्कारकट्टी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएका छ ।
केदारनाथ यादवले तीन हजार १५५ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका रामनारायण यादवले दुई हजार २६७ मत प्राप्त गरे ।
उपाध्यक्षमा एमालेकै अमलादेवी यादवले दुई हजार ९३७ मत प्राप्त गरी विजयी भईन् भने उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमकी शोभाकुमारी यादवले दुई हजार ३२८ मत प्राप्त गरिन् ।
एमालेले अहिलेसम्म सिरहाको दुई स्थानीय तहमा विजयी भएको छ । नेकपा माओवादी केन्द्रले अहिलेसम्म सिरहाको पाँच स्थानीय तहमा विजयी भएको छ ।
Leave a Reply