पर्यवेक्षण गर्न चाहनेसँग आवेदन माग

समताखबर
  ६ आश्विन २०७४, शुक्रबार ०९:५६

काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पर्यवेक्षण गर्न अनुमति चाहने संघसंस्था र व्यक्तिलाई १५ दिनभित्र आवेदन दिन आज सूचना जारी गरेको छ ।

दुवै निर्वाचन दुई चरणमा एकैसाथ मंसिर १० र २१ गते गर्ने सरकारले यस अघि नै घोषणा गरिसकेको छ । अनुशासन, लोकतन्त्र, निर्वाचन र शान्ति प्रवद्र्धनका क्षेत्रमा काम गर्ने उद्देश्य बोकेका संघसंस्थाले निर्वाचन पर्यवेक्षणको अनुमति दिनसक्ने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले यसअघि उक्त निर्वाचनको अवलोकन गर्न चाहने अन्र्तराष्ट्रिय संघसंस्थासँग आवेदन माग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *