राजविराज नगरपालिकाको मतगणना स्थगित

समताखबर
  ७ आश्विन २०७४, शनिबार ०९:११

राजविराज । सप्तरीको राजविराज नगरपालिकाको मतगणना गएरातिदेखि स्थगित भएको छ ।

राजविराज १ को मतगणना सार्वजनिक गरेको मतपरिणाम भन्दा कम मतपरिणाम भएको भन्दै दलहरुले विवाद उत्पन्न गरेपछि मतगणना स्थगित गरिएको जिल्लाका मुख्य निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले जानकारी दिए ।

विवाद उत्पन्नपछि निर्वाचन कार्यालयले सूचना टाँसगरी अर्को सूचना नभएसम्मका लागि मतगणना स्थगित गरेको छ । राजविराजस्थित जिल्ला खेलकुद विकास समितिको हलमा अहिले कडा सुरक्षाकाबीच मतपेटिका राखिएको छ ।

जिल्ला निर्वाचन कार्यालयका प्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिबीच छलफल भइरहेको र छलफलमा सहमति भए आजैबाट मतगणना पुनःसञ्चालन गरिने जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।

बोदेबसाइन नगरपालिकामा प्रमुख र उप–प्रमुखमा फोरम नेपाल विजयी सप्तरीको बोदेबसाइन नगरपालिकामा प्रमुख र उप–प्रमुख दुबैमा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ ।

फोरम नेपालका आतिश सिंह यादवले ४,५४७ मत ल्याएर विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका अमरेन्द्र यादवले ३,२९८ मत प्राप्त गरे ।

उपप्रमुखमा पनि फोरम नेपालकै रञ्जु साह निर्वाचित भएकी छिन् । साहले ३,७२१ मत प्राप्त गरी राजपा नेपाललाई पराजित गरेको छ । उनको निकटतम प्रतिद्वन्द्वी राजपाका उपप्रमुखमा रेणु साहले ३,६३७ मत मात्र प्राप्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *