डोटीमा द महिला नेटवर्क परियोजना संचालनमा

समताखबर
  ८ आश्विन २०७४, आईतवार ०७:५६

डोटीमा द महिला नेटवर्क परियोजना संचालनमा आएको छ । एक्शनएड नेपाल र सम विकास केन्द्र नेपालको संयुक्त साझेदारीमा परियोजना संचालनमा आएको हो । २०१७ मे १ देखि परियोजना संचालन गरिएको हो ।

एक्शनएड नेपालको साझेदारीमा तीन बर्ष अघिदेखी स्थानिय अधिकार कार्यक्रम संचालन हुदै आएको छ । सोही कार्यक्रमलाई थप सहयोग पु¥याउन महिला नेटवर्क परियोजना संचालनमा आएको कार्यक्रम प्रबन्धक महेश परियारले बताए ।

स्थानीय अधिकार कार्यक्रम अन्तर्गत गठन गरिएका जनमुखी रिफ्लेक्ट सर्कललाई महिला नेटवर्कको रुपमा गठन गरि महिलाहरुको क्षमता विकासका लागि बिभिन्न कार्यक्रमहरु संचालन गरिने कार्यक्रम प्रबन्धक परियारले बताए ।

द महिला नेटवर्क परियोजनाको परिचय :

गरिबीमा बाचिरहेका महिलाहरुका लागि सामाजिक र आर्थिक सशक्तिकरण र सम्मानजनक कामका लागि सहयोग गर्ने लक्ष्यका साथ एक्शनएड नेपालको सहकार्यमा सम विकास केन्द्र नेपाल डोटीले जिल्लाका दुई नगरपालिका दिपायल सिलगढी नगरपालिका वडा नं.४ राजपुर, वडा नं.५ धामीगाउँ,वडा नं.७ पाकरी र शिखर नगरपालिका वडा नं.१ कपल्लेकी वडा नं.२ मुडेगाउँ वडा नं.३ र ४ मुडभारा र के.आई.सिंह गाउँपालिका वडा नं.६ र ७ भुमिराजमाण्डौं वडा नं.५ दुर्गामाण्डौंमा स्थानिय अधिकार कार्यक्रमसंगै द महिला नेटवर्क परियोजना संचालन गरेको छ ।

दिगो कृषि, गरिवमुखि जिविकोपार्जन तथा आर्थिक विकल्पहरुको प्रवद्र्धन गर्दै दीगो जीविकोपार्जन र प्रकोप सुरक्षित समुदायको सुनिश्चता गर्न, महिलाको शारीरिक, यौनिकता माथी र असमान कामको बोझद्धारा हुने सबै प्रकारका विभेद् र अन्याय विरुद्ध खडा हुन महिला र वालिकाहरुको सक्रिय संगठन निर्माण र विस्तार गरि संयुक्त रुपमा कार्य गर्न एवं असमान वेतलवी सेवामुलक कार्यको बोझलाई सम्मान, पहिचान गर्ने, घटाउने र पुर्नवितरण गर्न सिमान्तकृत तथा दलित महिला तथा वालिकाहरुलाई लक्षित गरि द महिला नेटवर्क परियोजना संचालन गरिएको हो ।

तीनवर्ष सम्म निरन्तर रुपमा संचालन गरिने यस परियोजनाले डोटी जिल्लाका २५९ दलित एवं सिमान्तकृत घरधुरीलाई लक्षित गरेको छ ।

हालसम्म सम्पन्न गतिविधिहरु :

क) जिल्ला स्तरिय सरोकारवालाहरु विच कार्यक्रमको परिचय
ख) कार्यक्रमको विस्तृत योजना निर्माण
ग) आठवटा महिला समुहको निर्माण जसमा २५९ जना महिलाहरु आवद्ध
घ) समुदाय स्तरिय कार्यक्रमको परिचयात्मक कार्यक्रम जसमा २०० जना महिला पुरुषको सहभागिता
ङ) १७ जना कर्मचारीको महिलाको पारिश्रमिक विनाको सेवामुलक कार्य र टाईम डायरीको अभ्यास सम्बन्धि क्षमता विकास
च) समुह स्तरिय महिलाको पारिश्रमिक विनाको सेवामुलक कार्य र टाईम डायरीको अभ्यास सम्बन्धि अभिमुखि करणबाट           आठवटा महिला समुहका २९३ जना महिलाको क्षमता विकास
छ) ७८ जना महिलाहरुले टाईम डायरीको अभ्यासको थालनी
ज) नेतृत्व विकास सम्बन्धि ६४ जना महिलाहरुको क्षमता विकास र परिचालन

 

प्रकाशित ८ असोज २०७४, आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *