
पोखराका बुद्ध लामा पहिलो नेपाल आइडल बनेका छन् । कतारको दोहास्थित ग्राण्ड मलमा शुक्रबार राति भएको फाइनल प्रतिस्पर्धामा दर्शकको भोटिङको आधारमा लामा नेपाल आइडल घोषित भएका हुन् । प्रतियोगितामा इटहरीका निशान भट्टराई फस्ट रनरअप र काठमाडौंका प्रताप दास सेकेण्ड रनरअप घोषित भए ।
तीन उत्कृष्ट प्रतिस्पर्धीबाट विजेता चयन गर्न दर्शकहरुले ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट गरेकोमा लामाले मात्र ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट पाएका थिए । जितसँगै उनले २ लाख रुपैयाँ नगद, महिन्द्रा केयूभी १०० कार र १५ लाख रुपैयाँ बराबरको एल्बम कन्ट्र्याक पाएका छन् ।
त्यस्तै मोरङ उर्लाबारीका निशान भट्टराई फस्ट रनर अप भए भने ललितपुर झरुवाराशीका प्रताप दास सेकेन्ड रनर अप भए । निशानले ३ करोड ५० लाख ५६ हजार २ सय २३ भोट पाए भने प्रताप दासले १ करोड ३२ लाख ५१ हजार ८ सय ४९ मत पाए। फस्ट रनर अप भट्टराईले १५ लाख रुपैयाँ र सेकेन्ड रनर अप प्रताप दासले १० लाख रुपैयाँ पाएका छन् ।
नेपाल आइडलको आयोजक एपिवान एचडी टेलिभिजनले कतारमा भएको फाइनललाई प्रत्यक्ष प्रशारण भने गरेको थिएन । प्राविधिक कारणले फाइनल प्रशारण गर्न नसकेको एपिवान् एचडी टेलिभिजनले जनाएको छ ।
प्रकाशित ७ असोज २०७४, शनिबार
Leave a Reply