
प्रतियोगिता बारे जानकारी दिन सोमबार राजधानिमा आयोजित पत्रकार सम्मेलनमा आयोजक लिखु भुजी रामेछाप युवा क्लबका पदाधिकारीहरू ।
रामेछाप जिल्लाकै सर्बाधिक ठूलो पुरस्कार राषिको फुटवल प्रतियोगिता भुजि लिग रनिङ शिल्डको सातौं संस्करण असोेजको अन्तिम साताबाट सुरु हुने भएको छ । आयोजक लिखु भुजी रामेछाप युवा क्लबले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी असोज २० गतेबाट प्रतियोगिता सुरु हुने जानकारी गराएको हो ।
उमाकुन्ड गाँउपालिका ७ स्थित क्लबको आफ्नै मैदानमा आयोजना हुने प्रतियोगितामा २५ भन्दा बढि टोलीको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ । ‘टोलीहरूले सहभागिताका लागि सम्पर्क गरिरहेका छन् । प्रतियोगिता अघि मात्रै सहभागिता पक्का हुने छ’, आयोजक क्लबका उपाध्यक्ष मनोज सुनुवारले भने,‘यस पटक २५ भन्दा बढि टोलीको सहभागिता हुने अपेक्षा गरेका छौं ।’
लिग कप नकआउट प्रणालीमा सुरु हुने प्रतियोगिताको बिजेता टोलीले ५२ हजार प्राप्त गर्ने छ । यस्तै उप बिजेता टोलीले २६ हजार तथा तेस्रो हुने टोलीले १३ हजार रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै प्रतियोगिताको सर्बाेत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक र स्थानिय मध्ये उदीयमान खेलाडी समेत पुरस्कृत हुने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिता संचालनका लागि १५ लाख भन्दा बढि खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि उमाकुन्ड गाउँपालिकाले केही आर्थिक सहयोग गरेको क्लबका सचिव सुदीप सुनुवारले जानकारी दिए । साता दिन सम्म चल्ने प्रतियोगिताको उद्घाटन उमाकुन्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले गर्ने छन् ।
प्रकाशित १० असोज २०७४, मंगलबार
Leave a Reply