पर्सामा मतदान शान्तिपूर्ण

वीरगञ्ज । पर्सा जिल्लामा आज बिहान ७ बजेदेखिनै स्थानीय तहको निर्वाचनका लागि मतदान कार्य शुरु भएको छ ।

पर्सा जिल्लामा एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका गरी १४ स्थानीय तहको मतदान शान्तिपूर्णरुपमा शुरु भएको छ ।

वीरगञ्ज महानगरपालिका ३ मा रहेको मालपोत कार्यालयको मतदान केन्द्रबाट ८७ वर्षीय वृद्ध असलम अन्सारीले मतदान गरी आफ्नो मताधिकारको प्रयोग गरेका छन् ।

सोही मतदान केन्द्रबाट वीरगञ्ज महानगरपालिकाको प्रमुख पदका उम्मेदवार राजेशमान सिंहले आफ्नो मताधिकारको प्रयोग गरे ।

जिल्लामा दुई लाख ८० हजार दुई सय १२ जना मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्न बिहानैदेखि मतदान केन्द्रमा जम्मा हुनेक्रम बढ्दै गएको छ ।

सुरक्षा व्यवस्था अति नै कडा पारिएपछि मतदाता निर्धक्क भई शान्तिपूर्णरुपमा मतदान गरिरहेका सुरक्षा अधिकारीले बताए ।
जिल्लामा एक सय ६७ मतदान स्थल र तीन सय ४४ मतदान केन्द्रबाट मतदातामा आफ्नो मत हाल्न शुरु गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *