राज्यमन्त्रीमा विष्ट र शर्मालाई सिफारिस

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले विराज विष्ट र कमला शर्मालाई राज्यमन्त्रीमा सिफारिस गरेको छ ।

पार्टीले विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा विष्ट र वन तथा भू–संरक्षण राज्यमन्त्रीमा शर्मालाई सिफारिस गरेको नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

विष्टले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सहायक मन्त्रीको जिम्मेवारी सम्हालेका थिए भने शर्मा पहिलोपटक राज्यमन्त्री हुन लागेका हुन् ।

पार्टी अध्यक्ष पशुपतिशम्शेर राणाले उनीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएकाले आजै शपथ गराउने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *