गमहरिया मतदान केन्द्रमा हवाइ फायर

रौतहट । रौतहट जिल्लाको मौलापुर नगरपालिकस्थित गमहरिया मतदान केन्द्रमा विवाद उत्पन्न भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ ।
उल्टो सुरक्षाकर्मीमाथि जाइलागेपछि त्यहाँ झडपको स्थिति भएको र स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाइ फायर गरेको रौतहटका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले बताए ।
दलका प्रतिनिधिले मतदातालाई भोट हाल्न सिकाएको विषयलाई लिएर विवाद उत्पन्न भएको थियो । विवाद बढ्दै गएपछि सुरक्षाकर्मीले सबै प्रतिनिधिलाई बाहिर जान आदेश दिए ।
उल्टो सुरक्षाकर्मीमाथि जाइलागेपछि झडपको स्थिति भएको स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाइ फायर गरेको रौतहटका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले बताए ।
प्रहरीको हवाइ फायरपछि भिड तितरबितर भएको थियो । घटनाको करिब १० मिनेटपछि फेरि दलका प्रतिनिधिलाई छलफलमा बोलाएर मतदान सुचारु गरिएको पोखरेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *