छिमेकीसँग मिलेर नाकाबन्दी गर्नेलाई मधेसी जनताले भोट हालेनन्

राजनीति

काठमाडौं । प्रदेश नम्बर २ मा सोमबार भएको १३६ स्थानको मतदानमा जनताले मधेसी दलहरुलाई खासै नरुचाएको प्रारम्भिक मतगणनामा देखिएको छ । १३६ मध्ये ७० स्थानमा सोमबार रातिदेखि नै मतगणना सुरु भएको छ ।

प्रारम्भिक मतगणनामा मधेसी जनताले भारतसँग मिलेर नेपाल र नेपालीको ज्यान लिने गरी गरेको नाकाबन्दीमा साथ दिने संघीय समाजवादी र राजपा नेपाललाई भोट नदिएको देखिएको छ । हालको नतिजाअनुशार एमाले चार स्थानमा अगाडि छ । नेका, माके र राजपा नेपाल ३–३ स्थानमा अगाडि छन् । यो दौडमा संघीय समाजवादी, राप्रपाको खास उपस्थिति देखिएको छैन । मधेस केन्द्रीत राजनीतिक दलले प्रदेश २ बाट एमालेको पत्तासाफ गर्ने नीति लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *