तेस्रोचरण निर्वाचनमा ७७ प्रतिशत मतदान

काठमाडौँ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ का ८ जिल्लाका एक सय ३६ स्थानीय तहमा असोज २ गते सोमबार भएको निर्वाचनमा ७७ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । 

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा प्राप्त विवरणअनुसार सप्तरीमा ७६.४ प्रतिशत, सिरहामा ७७.४ प्रतिशत, धनुषामा ७३.७ प्रतिशत, महोत्तरीमा ७३.३ प्रतिशत, सर्लाहीमा ७६.३ प्रतिशत, रौतहटमा ८०.४ प्रतिशत, बारामा ७९.४ प्रतिशत र पर्सामा ८०.१ प्रतिशत मतदान भएको छ ।

एक सय ३६ स्थानीय तहमध्ये बिहान १० बजेसम्म ८९ स्थानीय तहमा मतगणना शुरु भइसकेको छ । बाँकी स्थानमा सम्बन्धित स्थानीय तहका राजनीतिक दलसँग समन्वय गरेर मतगणना शुरु गर्ने तयारी भइरहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *