नेपालको जनताले अनुभूति गर्ने संविधान

काठमाडौँ । संविधानसभाबाट जनताले आफूले चुनेर पठाएका जनप्रतिनिधिबाट संविधान लेखनको काम पूरा गरी जारी भएको दुई वर्ष पुगेको छ । 

जनताले अनुभूति गर्ने पहिलो संविधान हो । सातौँ संविधान मात्र नेपाली जनताले मतदान गरी पठाएका प्रतिनिधिबाट निर्माण गरिएको समावेशी र समानुपातिक पद्धति अवलम्बन गरेको संविधान हो ।

नेपाली जनताको हितमा ल्याइएको वास्तविक संविधान नै नेपालको संविधान भएको छ । जनताको सार्वभौमसत्ता समेटिएको नेपालको संविधान नै पहिलो हो जनताको पूर्ण स्वामित्व रहेको छ ।

विगतका ६ संविधान जनताका नाममा शासकका लागि थिए, २०४७ सालको संविधान जनतामा सार्वभौमसत्ता निहित भनिए तापनि शासकीय अधिकार राजामा थियो ।

विश्वकै अभ्यासलाई हेर्दा नेपाली इतिहासमा संविधानसभाबाट संविधान जारी गर्नु महत्वपूर्ण कार्य हो, जुन कार्यान्वयन हुन सके शान्ति, विकास र मानव अधिकारको रक्षा गर्न सकिन्छ ।

मौलिक हकमा स्वास्थ्य, आवास, खाद्य अधिकार, महिलाको हकजस्ता महत्वपूर्ण कुरा संविधानमा समेटिएका छन् । मौलिक हकबारे तीन वर्ष भित्र कानून बनाई कार्यान्वयन गर्नुपर्ने व्यवस्था छ ।

तीन तहको निर्वाचन आगामी माघ ७ गतेभित्र गरेर संविधानको कार्यान्वयन गर्नु जरुरी छ । नेपाली महिला, जनजाति, दलित, मधेशी र अल्पसंख्यकको अधिकारका बारेमा सम्बोधन गर्न सकेको छ ।

सात प्रदेशको संघीय व्यवस्था, सार्वभौम र राजकीय सत्ता जनतामा निहित, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, प्रधानमन्त्रीलाई दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने ।

तीन तहको राज्य संरचनाको निर्माण र निर्वाचन संघ, प्रदेश र स्थानीय संसदबाट निर्वाचित प्रधानमन्त्री मुलुकको कार्यकारी प्रमुख हुने, प्रतिनिधि सभा दुई सय ७५ सदस्यीय प्रत्यक्षमा एक सय ६५ र समानुपातिकमा एक सय १० नेपालको संविधानका मुख्य विशेषता हु्न् ।

समानुपातिक र प्रत्यक्ष मिश्रित प्रणाली,दुई सदनात्मक व्यवस्था, बढीमा २५ सदस्सीय मन्त्रिपरिषद प्रदेशमा एक सदनात्मक संसद सात प्रदेशमा पाँच सय ५० सांसद, आमाका नामबाट पनि वंशजको नागरिकता, धर्मनिरपेक्ष राष्ट्र मधेशी, थारु, मुस्लिम र आदिवासीका लागि फरक फरक आयोगको व्यवस्था छ ।

सरकारी कामकाजको भाषा नेपाली, सबै मातृभाषा राष्ट्रभाषा आदि महत्वपूर्ण बुँदा हुन् । नेपालको संविधान राष्ट्रपति डा.रामवरण यादवले २०७२ साल असोज ३ गते संसदमार्फत जारी गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *