महासभाको ७२ औँ उद्घाटन समारोह

काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराले संयुक्त राष्ट्र संघको ७२ औँ महासभाको उद्घाटन समारोहमा सहभागी भएका छन् । 

न्युयोर्क्स्थित राष्ट्र संघको मुख्यालयमा मंगलबारदेखि सुरु भएको महासभा ‘जनता केन्द्रित :शान्तिका लागि प्रयास तथा दिगो ‘प्लानेट’का लागि मर्यादित जीवन’ भन्ने मुख्य विषयमा केन्द्रित छ ।

राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेजले वार्षिक प्रतिवेदन पेश गरेका थिए । महासभालाई ब्राजिलका राष्ट्रपति माइकेल टेमेर र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बोधन गरे ।

महरा बेलायती प्रधानमन्त्री थेरेसा मेलेले प्रस्तुत गरेको जबर्जस्ती श्रम, आधुनिक दास तथा मानव तस्करी कार्यक्रममा पनि सहभागी भए ।
उनले संयुक्त राष्ट्र संघअन्तर्गतका संस्था तथा गैरसरकारी संस्था शिक्षा तथा जागरुकतामा केन्द्रित हुनुपर्ने बताए । नेपाल जबर्जस्ती श्रम, दास तथा मानव तस्करीको मुक्तिका लागि नेपालले प्रतिबद्धता जनाएको स्पष्ट परे ।

दिगो विकासका लागि पानी भन्ने अन्तक्र्रियामा सहभागी भएका थिए । अन्तक्र्रियामा सन् २०३० सम्म सबैलाई सुरक्षित र खरिद गर्नसक्ने पानीको पर्याप्तता तथा पूर्वाधारमा ठूलो लगानी गर्ने विषयमा केन्द्रित थियो ।

युरोपेली सङ्घ, जापान तथा संयुक्त राष्ट्र सङ्घले आयोजना गरेको गुणस्तरीय पूर्वाधारमा लगानी प्रवद्र्धनसम्बन्धी कार्यक्रममा नेपालका तर्फबाट परराष्ट्र मन्त्री महराले सहभागिता जनाए ।

उनले मित्रराष्ट्र नर्वेका विदेश मन्त्री बोर्जे ब्रेन्डेसँग द्विपक्षीय वार्ता गरे । उनीहरुबीच द्विपक्षीय सम्बन्ध तथा सहयोगका विविध विषयमा छलफल भएको थियो ।

दक्षिणी एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको मन्त्रीस्तरीय बैठकको अध्यक्षता महाराले गर्नेछन् । असंलग्न आन्दोलन चीन, अतिकम विकसित मुलुक तथा भूपरिवेष्ठित विकासशील मुलुकको बैठमा नेपालको प्रतिनिधित्व गर्नेछ ।

महासभामा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा आजै न्युयोर्क पुग्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *