अनुगमनलाई तीव्रता दिएको छ : राज्यमन्त्री विक

कञ्चनपुर । आपूर्ति राज्यमन्त्री कर्णबहादुर विकले आम उपभोक्तालाई चाडपर्वका बेला महँगीको मारबाट मुक्ति दिलाउन र कालोबजारी नियन्त्रण गर्न बजार अनुगमनलाई तीव्रता दिइएको छ । 

कञ्चनपुरको झलारीमा उपभोक्ता सँगको भेटघाट कार्यक्रममा उनले कालोबजारी गर्ने र उपभोक्ता ठग्नेमाथि कडा कारबाही हुने बताए ।
राज्यमन्त्री विकले आम उपभोक्तालाई सहज रुपमा उपभोग्य वस्तुहरु उपलब्ध गराउन सुपथ मूल्यका पसल खोलिएको बताउँदै काठमाडौँ र कैलालीको धनगढी बजारमा अनुगमनका क्रममा कम मूल्यका वस्तुहरु बढी मूल्यमा बेचेको पाइएको छ भने ।

उपभोक्ता ठग्नेमाथि कारबाही हुन्छ, उनले भने,“चाडपर्वका बेला आपूर्ति सहज बनाउनका लागि व्यवसायी र उपभोक्तासँग छलफल गर्ने कार्यसमेत भइरहेको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *