
काठमाडौं । काठमाडौंको बालाजु चोकमा आधुनिक आयुर्वेद अवस्पताल सञ्चनलमा आएको छ । विहीबार योग विज्ञानका गुरु डा. विकाशानन्दले अस्पतालको औपचारिक उद्घाटन गरेका छन् । धादिङ घर भएका कल्याण भण्डारीले शहिद स्मृति अस्पताल सञ्चालनमा ल्याएका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै डा. विकाशानन्दले सकारात्मक सोच वृद्धि गर्नका लागि योग र आयुर्वेद अपरिहार्य रहेको बताए । सञ्चालक भण्डारीका अनुसार शहिद स्मृति अस्पतालमा छातीको पुरानो दाग, जण्डिस, हेपाटाइटिस, यौन दुर्वलता, पेटको पुरानो रोग, ग्याष्ट्रिक, मधुमेह,दम, छालाको रोग, पत्थरी, खोकी तथा महिलासम्बन्धी सम्पूर्ण रोगहरु, वाथ, हड्डी खिइएको, नसा च्यापिएको, जोर्नी दुख्ने, ढाड कम्मर दुख्ने,गर्दन दुख्ने, हातगोडा कट्टकटी खाने, प्यारालाइसिस लगायतका रोगहरुको विशेष उपचार एकै स्थानमा गरिन्छ ।
चीनिया प्रविधिका विशेष डाक्टरहरुले स्वास्थ्य उपचार गर्ने समेत जनाइएको छ । अस्प्ताल उद्घाटनको दिन सम्पूर्ण सेवाग्राहीको निशुल्क उपचार समेत गरिएको थियो ।
Leave a Reply