
काठमाडौं । भदौ ७ गतेदेखि काठमाडौंमा जारी नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को मत गणना जारी छ । अध्यक्ष पदमा रञ्जित तामाङ र अनिल शर्माको तीब्र प्रतिस्पर्धा रहेको छ ।
निर्वाचन समितिका सदस्य नरेन्द्र न्यौपानेका अनुसार अहिलेसम्म १, २, ४ र ७ नम्बर प्रदेशको मत गणना सकिएको छ । अहिले ५, ६ र विश्वविद्यालयको मतगणना भइरहेको न्यौपानेले खबरडबलीलाई जानकारी दिए । अहिले गणना भइरहेको प्रदेशको करिब आधा मत गणना भइसकेको छ ।
अध्यक्ष पद
रञ्जित तामाङ–३६७
अनिल शर्मा–३५५
भदौ १६ गते, २०७४ – ११:५७ मा प्रकाशित
Leave a Reply