पुर्खेउली पेसाबाट गाउँमै स्वरोजगार

समताखबर
  २३ भाद्र २०७४, शुक्रबार ०९:३१

रुक्मणी परियार डोटी,भदौ २३

भारतको पंजाबमा ९ बर्ष चौकीदारी गरी छुट्टीमा घर आएका डोटी केआईसिंह गाउँपालिका ४ दुर्गामाण्डौंका ३६ बर्षिय भीम बहादुर कामी फर्केर गएनन् ।

उनीसंगैका दौतरी पंजाबको लुधियाना शहमा रातदिन डण्डा ठटाउदै छन् । तर उनी भने गाउमै बास,निंगालाको काम गरेर राम्रै आम्दानी गरि रहेका छन् । आठ बर्ष अघि गाउ“मै सडक पुगेपछि बनेको वायल बजारमा उनले बा“स निंगालाको काम गर्न थालेका छन् ।

एक्शन एड नेपाल र सम विकास केन्द्र नेपालको संयुक्त साझेदारीमा संचालित स्थानीय अधिकार कार्यक्रम अन्र्तगत बास,निगांलो ब्यवसायका लागि ३० हजार रुपैया उपलब्ध गराएपछि उनले यो ब्यवसाय ब्यवसायिक रुपमा सुरु गरेका हुन् ।

उनले दुर्गामाण्डौंको वायल बजारमा घर भाडामा लिएर एक बर्ष देखी बास, निंगालाको काम गर्ने ब्यवसायनै खोलेका छन् । त्यसबाट राम्रो कमाई भएपछि उनी यतै बसेका हुन् । उनले भारतमा चौकीदारी गरी रहेका गाउले भाई ३० बर्षिय भरत बि.क.लाई पनि बोलाएर यसै काममा लगाएका छन् ।

गाउदेखि पाच घण्टाको दुरीमा रहेको चुरे जंगलमा पाईने निगांलो ल्याउने र आफैले बिभिन्न किसिमका सामाग्री तयार गर्ने गरेका छन् । निगांलोका सामानहरु स्थानीय बजारमै खपत हुन्छ । ब्यवसायबाट महिनामा २० देखि ३० हजार रुपैया“ आम्दानी हुने उनी बताउ“छन् ।

उनको पसलमा दुई जना कामदार छन् । उनिहरुले बनाएको डोको,छाप्रो,डुग्रो,डालो,सुप्पाले राम्रै बजार पाएको छ । स्थानीय बजारमा मात्र नभएर छिमेकी गाउ बासुदेबी, तिखात्तर र बोगटान गाउँपालिकाको गगुडा, सातफरी, धिर्कामाण्डौ र चवराचौतारामा समेत बिक्रि हुने गर्दछ ।

बोगटान क्षेत्रको प्रमुख बजार वायल भएकाले उनीहरु सामाग्री लिनका लागि वायलमै आउने गर्दछन् । अर्काको देशको गल्ली चहारेर नोकरी गर्नु भन्दा आफ्नै गाउ“मा मनग्गे पैसा कमाउन सकिन्छ कामीले अनुभव सुनाए ।

गत बर्ष फागुन २५ गते डोटीको दिपायलमा संचालन गरिएको प्रथम प्रादेशिक महोत्सबमा उनले तयार पारेका बास,निंगालोका सामाग्रीहरुको स्टलनै राखेका थिए ।

सम विकास केन्द्र नेपालले १० दिनका लागि स्टल बुकिङ गरिदिएका थिए । बिक्रिबाट ९० हजार रुपैया आम्दानी गरेको उनले बताए । यसै ब्यवसायको कमाईले राम्ररी घर परिवार पालेको र दुई छोरालाई स्थानीय सनराईज बोर्डिङ स्कुलमा समेत पढाएको उनले बताए ।

 

प्रकाशित २३ भदौ २०७४, शुक्रबार

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *