ब्यवसायिक च्याउ खेती सुरु

समताखबर
  २५ भाद्र २०७४, आईतवार ११:३९

रुक्मणी परियार,डोटी २५ भदौ
सम विकास केन्द्र नेपालद्धारा संचालित स्थानिय अधिकार कार्यक्रम अन्तर्गत दिपायल सिलगढी नगरपालिकामा ब्यवसायीक च्याउ खेती सुरु गरिएको छ ।

सिलगढी नगरपालिकालाई च्याउ खेतीको पकेट क्षेत्रको रुपमा विकास गरि विपन्न कृषकहरुको वैकल्पिक जिविकोपार्जन प्रवद्र्धन गर्न च्याउ खेतीको सुरुवात गरिएको बताईएको छ । पटेक क्षेत्र बिस्तारका लागि नमुनाको रुपमा दिपायल सिलगढी नगरपालिका ५ धामीगाउ वडा नं.४ पिपल्ला र राजपुरका विपन्न, दलित महिला कृषकहरुलाई च्याउ खेति सम्बन्धि प्राविधिक तालिम, बिउ सहयोग गरि परिक्षणको रुपमा च्याउ खेति शुरु स्थानीय अधिकार कार्यक्रमका प्रबन्धक महेश परियारले बताए । यसै अन्तर्गत दिपायल सिलगढी नगरपालिका ५ धामीगाउकी ईसरी धामीले प्रसस्त च्याउ उत्पादन गरेकी छन् ।

 

प्रकाशित २५ भदौ २०७४, आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *