
रुक्मणी परियार,डोटी २६ भदौ
सम विकास केनद्र नेपालको सहयोगमा शिखर नगपालिका ३ मुडभारामा बिद्यालयको मूलगेट र गाउँघर क्लिनिकको भवन निर्माण हुदैछ । शिखर नगपालिका ३ मुडभारा खन्याडीस्थित श्री भवानी आधारभुत विधालयलाई सुरक्षित विधालय निर्माणमा सहयोग पु¥याउने उदेश्यले बिद्यालयको मूलगेट र गाउँघर क्लिनिक निर्माण भई रहेको छ ।
एक्शनएड नेपालको संयुक्त साझेदारीमा सम विकास केन्द्र नेपालद्धारा संचालित स्थानिय अधिकार कार्यक्रमको सहयोगमा निर्माण भईरहेको कार्यक्रम प्रबन्धक महेश परियारले जानकारी दिए । बिद्यालयको मूलगेट सहितको घेरवार र महिला अधिकार मञ्च मुडभाराको सक्रियतामा गाउँघर क्लिनीक भवन निर्माण हुन लागेको कार्यक्रम प्रबन्धक परियारले बताए। बिद्यालयमा घेरवार नहुदा बालबालिकाहरु असुरक्षित हुने गरेको र गाउँघर क्लिनिकको भवन नहुदा गर्भबती र सुत्केरी महिलाहरुलाई निकै अप्ठेरो पर्ने गरेको थियो ।
प्रकाशित २५ भदौ २०७४, आइतबार
Leave a Reply