
रोजेन्द्र जोशी डोटी,२७ भदौ
जिल्ला प्रहरी कार्यालय डोटीको प्रहरी प्रमुखको रुपमा भदौ १ गते डोटी पुग्नु भएका प्रहरी उपरीक्षक (एसपी) मुधुसुधन लुईटेलले जिल्लामा क्रियाशिल पत्रकारहरुबीच सोमबार परिचयात्मक कार्यक्रमको आयोजना गरि आफनो एक बर्षे कार्य योजना सार्बजनिक गरेका छन् । प्रहरी प्रमुखको कार्यकक्षमा आयोजना गरिएको परिचयात्मक कार्यक्रममा सार्बजनिक गरिएको कार्य योजना अनुसार सार्वजनिक तथा निजि सवारी साधन र लागु औषध नियन्त्रण गर्न लागु औषधको कारोबार तथा कुलतमा फसेकाहरुमा आफ्नो कडा निगरानी रहेको बताए ।
लागु औषध नियन्त्रणका लागि मातहतका प्रहरी सक्रिय रहेको पक्राउ परेका दोषीउपर कानुनी कार्बाही गर्न अनुसन्धानका क्रममा कोही कसैको दवावमा प्रभाबित नहुने बचन दिएका छन् । प्रहरी उपरीक्षक लुईटेलले भने मेरो उदेश्य भनेको लागु औषध जसरी भएपनि नियन्त्रण गरेरै छोड्ने,कसैको प्रभावमा परेर आफुले दोषीलाई नछोड्ने बताए ।
भदौ १ गते आफु डोटी पुगे लगत्तै जिल्लाको बस्तुस्थिति बुझ्ने काममै संलग्न भएको र यहाँको बारेमा अध्ययन गर्दा सवारी साधनका कारण बर्षेनी ठूलो मानबिय क्षति हुने गरेको पाईएकोले दुर्घटना न्यूनिकरण गर्न मेरो पहिलो काम निजि तथा सार्वजनिक सवारी साधनहरुमा निगरानी गर्ने कामको थालनी गरेको प्रहरी उपरिक्षक लुईटेलले बताए ।
सार्वजनिक सवारी साधनहरुमा निगरानी गर्ने तथा त्यसको चेकजाँच गर्ने कार्यलाई तिव्रता दिनु पूर्व डोटीमा चल्ने स्थानिय सार्वजनिक सवारी साधनहरुका सवारी धनी, सवारी चालक, सहचालक, यातायात व्यवसायी र ट्राफिक प्रहरीहरुलाई एकै स्थानमा राखेर अन्तक्रिया कार्यक्रम संचालन गरेपछि चेकजाँचलाई कडा पारिएको प्रहरी नायब उपरीक्षक (डिएसपी) शिव बहादुर सिंहले बताए ।
प्रहरी नायब उपरिक्षक सिंहका अनुसार अन्र्तक्रिया कार्यक्रममा डोटीमा स्थानिय सार्वजनिक सवारी साधन चालकको संख्या एक सय ६ रहेकोमा ९७ जनाको सहभागीता रहेको थियो । प्रहरीको जहिले पनि सवारी साधनहरुमा निगरानी रहने र नियम बिपरित चलाउने कार्बाही गरिएपछि साउन महिनादेखी विशेष निगरानी गर्दा कार्बाहीमा पर्नेहरुको संख्यामा उलेख्य रहेको र ठूलो मात्रामा राजश्व संकलन समेत भएको जिल्ला प्रहरी कार्यालय डोटीको तथ्यांकले देखाएको छ । प्रहरी उपरिक्षक लुईटेल आउनु पुर्व २०७४ बैशाख महिनामा ५३ हजार, जेठमा ६२ हजार र आसार महिनामा ६० हजार रुपैयाँ राजस्व संकलन भएको थियो भने साउन महिनादेखी राजश्व बढी संकलन भएको देखीएको हो । साउन महिनामा एक लाख ३२ हजार पाँच सय र यो समाचार तयार पार्दा सम्म (भदौ २६ गते) एक लाख ६ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको प्रहरी नायब उपरिक्षक सिंहले जानकारी गराए ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय डोटीले जिल्लामा पछिल्लो समय बढ्दै गएको लागु औषध कारोबार नियन्त्रण गर्न बिशेष अप्रेशन सुरु गरेको छ । अप्रेसन सुरु गरेको १३ दिनमा १ जना युवालाई १२ जनालाई नियन्त्रणमा लिई सकेको छ । नियन्त्रणमा लिएकाहरुमध्ये सुधर्ने मौकाका लागि ११ जनालाई सम्झाईबुझाई परिवारको जिम्मा लगाएको र एक जनालाई काठमाण्डौंस्थित सुधार केन्द्रमा पठाईएको प्रहरीले जनाएको छ ।
लागु औषध नियन्त्रण गर्न बिशेष अप्रेशन सुरु गरिएको र सादा पोसाकमा बिशेष प्रहरीहरुलाई परिचालन गरिएको बताईको छ । प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय डोटीले लागु औषध नियन्त्रण गर्न युवाहरुलाई लक्षित गरि जिल्लामा रहेका बिभिन्न बिद्यालय तथा क्याम्पसहरुमा बिशेष कक्षा समेत संचालन गर्न थालेको छ । प्रहरीले अप्रेशनकै रुपमा संचालन गरेको सार्वजनिक सवारी साधन चेकजाँच र लागु औषध नियन्त्रण कार्यमा तदारुकता देखाउदा जिल्ला सदरमुकाम सिलगढी र दिपायल क्षेत्रमा रात्रीकालिन अबस्थामा होहल्ला कम हुने र केटाहरु सामुहिक रुपमा बस्ने कार्यमा पनि निकै कमी आएको स्थानियबासीहरु बताउछन् ।
Leave a Reply