बालिका शिक्षा सम्बन्धि जनचेतनामूलक भिडियो प्रदर्शन

समताखबर
  २७ भाद्र २०७४, मंगलवार १५:४४

समता अनलाइन संवाददाता,भदौ २७ डोटी
बालिका शिक्षा सम्मेलन अन्तर्गत सोमबार जिल्ला सदरमुकाम सिलगढीस्थित श्री बालमिन्दर आधारभुत बिद्यालयमा बालअधिकार र शिक्षा सम्बन्धि भिडियो पाश्र्वचित्र प्रदर्शन गरिएको छ । करिव एक सय ५० बालबालिकाहरुले भिडियो हेरेका छन् ।

भिडियो प्रदर्शनमा बालिका शिक्षा सम्मेलन आयोजक समितिका सदस्यहरुको पनि सहभागीता थियो । भिडियो प्रदर्शन कार्यक्रम सामुदायिक विकास केन्द्र र श्री प.प.मु.मा.वि. को व्यबस्थापनमा सम्पन्न भएको थियो । कार्यक्रमको समन्वय बालिका शिक्षा सम्मेलन आयोजक समिति सदस्य सम विकास केन्द्रले गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *