सुशासन प्रर्बद्धनका लागी सबै जिम्मेवार बन्नु पर्ने : प्रजिअ खड्का

समताखबर
  २८ भाद्र २०७४, बुधबार ००:४०

कर्ण चन्द,डोटी,२८ भदौ
सुशासन प्रर्बद्धनका लागी सरकारी कार्यालयका प्रमुख र कर्मचारीहरु जिम्मेवार बन्नु पर्ने डोटीका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले बताए ।

प्रजिअ खड्काले भने ‘हामी सेवा प्रदायक र सेवाग्राही सबैले शुसासन प्रर्बद्धन गर्नका लागी भूमिका खेल्न जरुरी छ, सदाचारीलाई सम्मान र ईमान्दारलाई प्रोत्साहन गर्ने परम्परा सुरुवात गर्नु पर्छ ।’
बिकास सञ्चार समाज नेपालले जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको शुसासनको प्रर्बद्धनका लागी सरोकारवालाहरुको भूमिका बिषयमा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रजिअ खड्काले उक्त कुरा बताए ।

कार्यालय प्रमुखको सहभागीता बिना भ्रष्टाचारजन्य क्रियाकलाप हुने सम्भावना नरहेको कर्मचारी ट्रेड युनियन डोटीका अध्यक्ष गणेश धामीले बताए । धामीले भने ‘कार्यालय प्रमुखले कडाई गर्ने हो भने मातहतका कर्मचारीले अनियमितता गर्न साहस नै गर्दैनन् जव हाकिमले भ्रष्ट आचारण हुन्छ तब मात्रै कार्यालयमा बदमासी सुरु हुन्छ ।’सञ्चार माध्यमले उठाएका बिषय बिषयबस्तु पनि अख्तियारले छानबिनको बिषय बनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय दिपायलका निमित्त प्रमुख अमरराज जोशीले बताए । जोशीले भने ‘केन्द्रिय तथा स्थानीय स्तरमा प्रकाशन तथा प्रशारण भएका समाचारलाई लियर अख्तियारले छानविनको बिषय बनाएको छ ।’

जिल्लास्थित गैर सरकारी संस्थाहरुले पनि सूचना अधिकारीको ब्यबस्था गरेको गैर सरकारी संस्था महासंघ डोटीका शाखाका अध्यक्ष रघु कठायतले बताए । अध्यक्ष कठायतले भने ‘सेवा प्रदायक सबै संस्थाले सूचना दिने र नागरिकले सूचना माग्ने प्रणालीको बिकास गर्नका लागी गैर सरकारी संस्थाले पनि पारदर्शिता र शुसासनका लागी काम गर्न आबश्यक छ ।’
सहश्राब्दी बिकास लक्षमा शुसासनलाई महत्वपूर्ण पाटोको रुपमा राखेकाले सरकारी सरकारी तथा नागरिक समाजका ब्यक्तिले शुसासन प्रर्बद्धनका लागी काम गर्न आबश्यक रहेको सोडेक नेपालका कार्यक्रम संयोजक प्रकाश घिमिरेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *