डोटीमा निकालियो बृहत बालिका -याली

समताखबर
  २९ भाद्र २०७४, बिहीबार ०३:५६

राष्ट्रिय बाल दिवस २०७४ को पूर्व सन्ध्यामा डोटीमा बुधबार बृहत बालिका -यालीसहित औपचारिक रुपमा कार्यशाला सम्पन्न भएको छ । जिल्ला बालिका शिक्षा सम्मेलनको अबसरमा बालिका -याली सम्पन्न गरिएको हो । सम विकास केन्द्र नेपालद्धारा संचालित गुणस्तरिय शिक्षा परियोजना अन्तर्गत बालिका शिक्षा प्रबद्र्धनको सवालमा जनचेतना जगाउने उदेश्यले बृहत बालिका शिक्षा सम्मेलन आयोजना गरिएको हो ।

बालमैत्री शासन,बालअधिकारको सम्मान भन्ने मूल नाराका साथ सुरु गरिएको बालिका शिक्षा अभियान गत २२ गतेदेखी जिल्लामा अभियानको रुपमा संचालन गरिएको हो । बालिका शिक्षा सम्मेलनको छैटो दिन बुधाबार भदौ २८ गते -यालीसहित औपचारिक रुपमा कार्यशाला सम्पन्न भयो ।

कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समिति डोटीका संयोजक राम बहादुर ऐर, विशिष्ट अतिथी दिपायल सिलगढी नगरपालिका नगर प्रमुख मन्जु मलासी, विशिष्ट अतिथी प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खडका, अतिथीहरुमा सम्पूर्ण विद्यालयका वालवालिका, शिक्षक, सरकारी कार्यालयका प्रमुख, प्रतिनिधिहरु, पत्रकार, शिक्षक महासंघ, संगठनहरु, गैसस महासंघ डोटी लगायत विभिन्न जिल्लास्थित गैरसरकारी संघ,संस्था, जिल्ला वाल संजाल लगायतको सहभागिता याली सहित कार्यशाला सम्पन्न गरि बालिका शिक्षा प्रबद्र्धनका लागी डोटी घोषणा पत्र जारी गरिएको छ ।

कार्यशालामा वालवालिका र शिक्षहरुले तयार पारेको उक्त घोषणा पत्रलाई २९ भदौमा हुने राष्ट्रिय बाल दिबशको अवसरमा औपचारिक घोेषणा गर्ने तयारी रहेको छ । जिल्ला बाल कल्याण समिति डोटी र जिल्ला बालिका शिक्षा तथा लैगिंक सम विकास संजालले राष्ट्रिय बाल दिवसको अबसरमा सम्मेलनको आयोजना गरेको हो ।

सम्मेलन आयोजना गर्नका लागि यूनिसेफ,युएमएन,एक्शनएड नेपाल,गुड नेवर्स,वल्र्डभिजन,सम विकास केन्द्र नेपाल,सिड नेपाल,सामुदायिक विकास केन्द्र,ग्रामिण् विकास केन्द्र र श्री पद्य पब्लिक मुक्तिनारायण मा.बि.ले सहयोग गरेको आयोजकले जनाएको छ ।

प्रकाशित २९ भदौ २०७४, बुधबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *