रसुवा । पशु राज्य मन्त्री गोमा कुवर मन्त्री भय पछि पहिलो चोटि रशुवा जिल्लामा संचालित उच्च पहाड कृषि व्यावसाय तथा जिबिकोपार्जन सुधार आयोजना ( हिमाली आयोजना ) का उप-आयोजना हरु तथा जिल्ला पशु सेवा कार्यलय बाट संचालित अनुदानका कार्यक्रम को अनुगमन गरेकी छिन । रसुवा जिल्ला मा विशेष गरि हिमाल आयोजना बाट अनुदान प्राप्त रेन्बो ट्राउट माछा र बाख्रा पालन उप आयोजनाको अनुगमन गरेकी छिन ।
अनुगमन पश्चात भयको अन्तरक्रिया कार्यक्रममा बोल्दै कवरले भनिन यहाँका किसानले गरेको काम प्रती निकै खुसी हुँदै दिगो व्यावसायिकतामा लाग्न सुझाव र मन्त्रलय बाट हुने सहयोग मा ढुक्क रहन आग्रह गरिन मन्त्री कवरले थपिन यदि विभिन्न सरकारि कार्यलय ले बास्तबिक किसानलाइ अनुदान उपलब्ध नगराइ अरु कसैलाइ उपलब्ध गराउछ भने मन्त्रालय मा जानकारी दिनुहोस तुरुन्त कारबाही गरिछाडने प्रतिबद्धता दिइन साथै हिमालि आयोजनाको काम लाई देखेर हिमालि परिवार लाई बिशेष धन्यवाद दिइन ।
साथै हिमाली आयोजना बाट संचालित विभिन्न उप- आयोजना तथा जिल्ला बाट संचालित आयोजनाहरु बाट पाउने अनुदानका कार्यक्रम वास्तविक किसान कहाँ नपुगेको मन्त्रालयमा गुनासो भयकाले यदि तेस्तो हो भने तुरुन्त वास्तविक किसानलाई छनोट गरेर अनुदान बितरण कार्यलाइ प्रभावकारी बनाउन निर्देशन दिइन ।
भदौ २९ गते, २०७४ – १२:३६ मा प्रकाशित
Leave a Reply