पत्रकारिता पुरस्कार स्थापना

समताखबर
  ३ आश्विन २०७४, मंगलवार ०५:१०

झापा । झापाको मेचीनगरस्थित प्रेस क्लबले दुईवटा पत्रकारिता पुरस्कार स्थापना गरेको छ । 

क्लबले ११ हजार एक सय ११ राशिको “मेचीनगर पत्रकारिता पुरस्कार” र पाँच हजार पाँच यस ५५ राशिको ‘पत्रकारिता प्रोत्साहन पुरस्कार’ स्थापना गरेको हो ।

यस वर्ष पत्रकार लक्ष्मी उप्रेतीलाई मेचीनगर पत्रकारिता पुरस्कार र पत्रकार प्रतीक न्यौपानेलाई पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको क्लबका अध्यक्ष सन्तोष आचार्यले जानकारी दिए ।

पत्रकार उप्रेती र न्यौपानेलाई क्लबको दोस्रो अधिवेशनको अवसर पारेर असोज ६ गते पुरस्कार प्रदान गरिने अध्यक्ष आचार्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *