“तरकारी खेतीले बिगतका दुःख बिर्सायो”

बिस्ना दमाईको घर डोटी जिल्लाको शिखर नगरपालिका ११ बारपाटामा हो । उनि अहिले ४९ बर्षकी भईन् । तीन छोरी र दुई छोराकी आमा उनको अहिले दुई छोरासहित चार जनाको सुखी परिवार छ । तीन वटै छोरी बिवाह भैैसकेको छ । घरबासका लागि अर्काले दिएको जमिनमा बनाएको उनको तीन पुस्तादेखीको सानो भुईतले घर छ । त्यही भुईतले घरमा यि दलित परिवारले कष्टपूर्ण जिवन गुजारा चलाउदै आएका थिए ।

जिवन गुजारा चलाउन हम्मेहम्मे पर्न थालेपछि जिवन गुजारा चलाउन मालिक (साँहु) बाट ऋण लिनु पर्ने यिनिहरुको बाध्यता थियो । ऋण चुक्ता गर्ने भाका अनुसार मालिक (साँहु) को ऋण तिर्न नसक्दा बिस्नाका श्रीमान लामो समय हलिया बसेका थिए । सरकारले ०६५ सालमा हलिया मुक्तिको घोषणा गरेपछि अहिले हलिया मुक्त भई सकेका छन् ।

श्रीमान मालिकको हलिया बसेपछि उनि घर खर्च चलाउनका लागि गाउँमै मजदुरीको रुपमा ढुंगा बोक्ने काम गर्थिन । मजदुरीबाट दैनिक ६० रुपैयाँ कमाउथिन् । काम नभएको समयमा दाउरा बेच्थिन् । निकै दुःख गरेर पनि साना लालाबाला हुर्काउन कठिन भएपछि उनका श्रीमान रोजगारीका लागि मुग्लान (भारत) पसेका थिए । नाबालक छोराको पालन पोषणका लागि मुग्लान पसेका उनले पराया भुमिमा १३ वर्षसम्म हाडछाला घोटे । रातभर चौकीदारी गर्थे । चौकीदारी गरेर महिना दिनमा मुस्किलले पाँच हजार कमाउथे ।

त्यही कमाईबाट खादा,बस्दा तीन हजार खर्च गर्थे,लत्ताफाटो र दुई हजार घर पठाउथे । बाउ नचिन्ने अबस्थामै सानाबालकसहित साथ छोडेर मुग्लान पसेका श्रीमानको यादले निकै मन पिरोल्ने गथ्र्यो । श्रीमानको अनुपस्थितिमा उनले आफना दुई छोरालाई एक्लैले हुकाईन् । मालिक (साँहु) ले घरबासको लागि दिएको जग्गा छोड्न पटक पटक धम्की दिदा उनले धेरै दुःखहरु झेल्नु परेको थियो । जुन घटनाले उनलाई अहिले पनि बेलाबखत झस्काई रहन्छ ।

गरिबीका कारण उनले आफना दुई सन्तानलाई एस.एल.सी.सम्म पनि पढाउन सकिनन् । आर्थिक अबस्थाकै कारण पढाई खर्च समेत ब्यहोर्न नसक्दा उनको गाउँकै बिद्यालयमा कक्षा ९ मा पढ्दै गरेको जेठो छोरा पनि पढाई छोडेर रोजगारीको लागि मुग्लान पसेको थियो । बारपाटामा दलित महिला संघले काम गर्न थालेपछि बिस्ना आबद्ध भईन् । बिभिन्न तालिमहरुमा सहभागी बन्ने अबसर पाईन् । बिभिन्न कार्यक्रम र बैठकमा आफना समस्याहरु खुलेर राख्न थालिन् ।

संघद्वारा संचालित क्षेत्रिय खाद्य सुशासन परियोजना अन्तर्गत गठन गरिएको कृषक समुहमा आवद्ध भई उनले तकारी खेती बारे निकै ज्ञान हासिल गर्ने अबसर पाईन् । उनले तरकारीका लागि उन्नत जातका तरकारीका विउ तथा सामग्रीहरु प्राप्त गरिन् । घरछेउकै सानो बारीमा उनले प्लाष्टिक टनेल निर्माण गरिन र बेमौषमी तरकारी खेती शुरु गरिन् । शुरुमा उनलाई प्लाष्टिक टनेलमा तरकारी फलाउन निकै गाह्रो भयो ।

उनको निरन्तरको मेहनत र लगनशिलताले सफलतातिर डो-यायो । अहिले उनको टर्नेलमा लटरम्म टमाटर फलेको छ । १२ मीटर लम्बाई र ६ मीटर चौडाईको प्लाष्टिक टनेलमा तरकारी खेती गरेर उनले बार्षिक ४० हजार रुपैयाँ आम्दानी गर्ने गरेकी छिन् । गोठेमल र कम्पोष्ट मल प्रयोग गरिएको उनको तरकारी खेतीमा माटोको उर्वराशक्ति बढाउने बायोचार प्रबिधि पनि प्रयोग गरिएको छ ।

दैनिक तरकारी बेचेर कमाई गरेको पैसाले अहिले विस्ना दमाईलाई बिगतको दुःख बिर्साएको छ । तरकारी फलाएर आफु खान र बेच्न सजिलो भएको छ । तरकारी बेचेको पैसाले घरखर्च चलाउन सजिलो भएको उनको भनाई छ । उनका अनुसार “तरकारी खेतीले मलाई विगतका दुख बिर्साएको छ ।”

उनको अहिलेको दैनिकी तरकारी खेतीको हेरबिचार,गोडमेल,उपचार र बजारमा बेच्न जानु बनेको छ । तरकारी बेचेर कमाएको पैसाले तीन वटा बाख्रा किनेर पालन पनि गदै आएकीछिन् ।

अहिले उनि दलित महिला संघसंगै गाउँका धेरै समुह,संगठनहरुमा आवद्ध छिन् । मासिक दुई सय रुपैयाँ बचत पनि गर्ने गरेकी छिन् । विभिन्न गोष्ठी तालिम तथा बैठकहरुमा पनि उनको सक्रिय सहभागिता हुने गरेको छ । बिभिन्न तालिमबाट उनको क्षमताबृद्धि समेत भएको छ । गत बर्ष जिल्ला मालपोत कार्यालयमा हलिया पुर्नस्थापना योजनामा उनको नाम छनौट भएको थियो ।

आगामी दिनमा ब्यवसायीक तरकारी खेती गर्नका लागि आप्mनै नाममा लालपुर्जा बनाई जग्गा खरिद गर्ने उनको योजना छ । घरेलु तथा साना उधोग विकास समितिमा फर्म दर्ता गरि कुखुरा र बाख्रापालन व्यवसाय समेत गर्ने योजना रहेको उनले बताईन् ।

प्रकाशित २१ असोज २०७४, शनिबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *