वाम एकता एमालेमा बिलय हुनका लागि होइन, “आकस्मिक र असाधाण छलाङ हो”–  बादल

काठमाडौं । नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ ले अहिलेको वाम एकताको निर्णय माओवादीका लागि आकस्मिक र असाधारण छलाङ भएको बताएका छन ।

माओवादी केन्द्रको राजधानीमा शनिबार भएको केन्द्रीय राजनीतिक पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै नेता बादलले भने यो कसैले नसोचेको, नचिताएको कल्पना नै नगरेको यो निर्णयले दिल्ली, बेइजिङ, वासिङटनदेखि काठमाडौं थर्कमान भएकाले यसलाई गहिरोसँग बोध गर्न कार्यकर्तासँग अपील गरे ।

नेकपा एमालेलाई अवसरवादी, संशोधनवादी र संसदवादीको प्रतिकका रुपमा लिदैं एकताका लागि गरेको यो निणर्य आन्तरिक र बाह्य रुपमा कतिपयले पचाउन सकेका छैन । नेता बादलले भने, ‘माओवादी नेतृत्वले क्रान्तिका कार्यभारलाई पुरा गर्न निकै ठूलो जोखिम मोलेर यो निर्णयमा पुगेको हो । यसलाई गम्भीर रुपले बुझ्न जरुरी छ ।’

अहिलेको एकतालाई पार्टीभित्रका कतिपयले माओवादी एमाले करण भएको टिप्पणी गरेको बताउदै बादलले यो एकताले माओवादी एमाले नहुने र एमाले माओवादी पनि नहुने स्पष्ट पारे । ‘कतिपय साथीहरुले एमाले करण हुने त होइन भनी चिन्ता व्यक्त गरेका छन । एमालेभित्र पनि माओवादीकरण भयो भन्ने गुनासो छ तर यी दुबै बुझाइ गलत हुन । न हामी एमाले करण हुने हो नत एमाले माओवादी करण ।’ नेता बादलको जिकिर छ, ‘ राजनीतिक क्रान्तिका मूलभूत कार्यभार पुरा भएको बस्तुगत धरातलमा समाजवादी क्रान्तिका आधार तयार पार्न एकताको निर्णय गर्नु परेको अर्थमा यसलाई बुझ्न पर्छ । अव नयाँ पार्टी क्रान्तिकारी माक्र्सवादका आलोकमा नया विचार र कार्यदिशाको निर्माण हुन्छ ।’

नेता बादलले विश्व राजनीतिक परिस्थितिको व्याख्या गर्दै समाजवादी क्रान्तिको तयारीका लागि माक्र्र्सवाद, लेनिनवाद र माओवाद विकास गर्नु पर्नु आवश्यकतामा जोड् दिए । उनले भने, ‘समाजवादी क्रान्तिलाई पूर्णता दिनु हाम्रो मुख्य उद्देश्य हो । त्यसका लागि नर्या परिस्थितिमा विचार र दर्शनमा समेत संश्लेषणको आवश्यकता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *