
काठमाडौं । नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता तथा उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्ण बहादुर महराले नेकपा माओवादी केन्द्र नेकपा एमालेमा विलय नभएको बताएका छन् ।
वाम धुर्विकरणबारे आफ्नो धाराणा राख्दै उनले कुनै पनि पार्टी विलय नभएको तर्क गरेका हुन् । ‘एमाले, माओवादी केन्द्र र नया शक्तीबीच भएको चुनाबी तालमेल र पार्टी ध्रुबिकरण को अर्थ एमालेकरण वा माओवादीकरण वा एक अर्कामा बिलय नभई देशमा समाजबाद स्थापना गर्ने उद्देश्यमा आधारित सबैको कम्युनिष्टकरणको महाअभियान हो,’ महराले सामाजिक सञ्जाल मार्फत भने,‘ अब एमाले, माओवादी केन्द्र र नयाँ शक्ती लगायतका ध्रुबिकरणमा आउनेहरुले आफ्नो पुरानै आधारमा सोच्ने होईन बरु नयाँ उचाईमा उठेर रूपान्तरण भई देश जनताको हित गर्ने संकल्प गर्नु पर्दछ ।’
वाम धुर्विकरण पछि महरा असन्तुष्ट रहेको खबर बाहिर आएको थियो । तर, उनले आफू वाम एकताकै पक्षमा रहेको छनक सामाजिक सञ्जाल मार्फत दिने कोशिस गरेका छन् । केही दिनअघि सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नयाँ शक्ति नेपाल पार्टीबीच चुनावी तालमेल र पार्टी एकताको घोषणा भएको थियो । पार्टी एकताको घोषणापछि चौतर्फी बहस भएको छ ।
Leave a Reply