नेपाल–भारत प्रबुद्ध समूह बैठक राजधानीमा सुरु

समताखबर
  २१ आश्विन २०७४, शनिबार ०६:५२

काठमाडौं । नेपाल–भारत प्रबुद्ध समूह (इपिजी)को पाँचौँ बैठक काठमाडौमा सुरु भएको छ । काठमाडौको एक होटलमा जारी बैठकमा नेपालतर्फबाट संयोजक डा. भेषबहादुर थापा तथा सदस्यहरू डा. राजन भट्टराई, नीलाम्बर आचार्य र सूर्यनाथ उपाध्याय सहभागी छन् ।

यस्तै भारतबाट संयोजक भगतसिंह कोसियारी सदस्यहरू डा.बिसी उप्रेती र महेन्द्र पी लामा सहभागी छन् । भारततर्फका सदस्य पूर्वराजदूत जयन्तप्रसाद भने अनुपस्थित छन् । स्वास्थ्यमा आएको समस्याको कारण जयन्त प्रसाद उपस्थित हुन नसकेको भारतीय दुताबासले बताएको छ । गएको भदौमा बस्नु पर्ने बैठक नेपाल भारत दुवै तर्फका सदस्यहरुको ब्यस्तताको कारणले आजबाट सुरु भएको हो ।

नेपाल भारत बीच भएका विभिन्न सन्धि सम्झौताहरुको समयानुकुल परिमार्जन गर्न दुई वर्ष अगाडी यो समुहको गठन भएको हो । १९५० को मैत्री सन्धि , व्यापार तथा पारवहन सन्धि र जलस्रोत सम्बन्धी विभिन्न सन्धि–सम्झौतामा छलफल गरि दुवै देशको सरकारलाई सुझाब दिनेगरी नेपाल–भारत प्रबुद्ध समूह गठन गरिएको हो । आजबाट सुरु बैठकमा नेपालले १९५० को मैत्री सन्धिमा परिमार्जन गर्नुपर्ने बिषयलाई अन्तिम रुप दिने गरि तयारी गरेको छ भने भारत पक्षले दुई देशको सीमा सुरक्षा र व्यवस्थापनबारे छलफलको एजेन्डा बनाएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *