
अखिल क्रान्तिकारी साँफेबगर नगर कमिटिको आयोजनामा केन्द्रीय पदाधिकारीको सम्मान, बधाई तथा दशै तिहारको शुभकामना आदानप्रदान कार्यक्रम साँफेबगरमा सम्पन्न भएको छ । संगठनका नगर संयोजक पुजा बुढाको अध्यक्षतामा भएको कार्यक्रममा नबनिर्बाचित केन्द्रिय सचिब मदन भुल (रोशन) प्रमुख अथिती रहेका थिए। केन्द्रिय सचिब भुलले अब अखिल क्रान्तिकारी बिद्यार्थी संगठन शैक्षिक बिकृति बिसंंगती र विद्यार्थीका समस्या समाधानको लागि अगुवा भएर लाग्ने बताए । अखिल क्रान्तिकारी अरु विद्यार्थी संगठन भन्दा फरक इतिहास बोकेको संगठन भएकाले विद्यार्थीको आशा भरोसानै अखिल क्रान्तिकारी भएको बताए ।
कार्यक्रमका बिशिष्ठ अथिती रहनुभएका ने.क.पा.(माओवादी केन्द्र) साँफेबगर नगर संयोजक टंक रावलले अखिल क्रान्तिकारी अछाममा अरु सङ्गठन भन्दा फरक ढङ्गले अगि बढिरहेको भन्दै अझ थप चलायमान बनाउन र सबै क्याम्पस, बिद्यालय र गाउँसम्म फैलाउन अनुरोध गर्नुभयो । यस्तै नब निर्बाचित केन्द्रिय सदस्य बैजन्ती कुँवरले अछाम लगायत एस क्षेत्रका शैक्षिक सुधारको लागि प्रतिबद्ध रहने बताए ।
शुभकामना आदानप्रदान कार्यक्रममा प्रेस सेन्टर अछामका सचिव होम साउँद, अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष मीन बाब्ली, प्रेस सेन्टरका सह सचिव रमेश परियार, अखिल क्रान्तिकारीका जिल्ला सदस्य पङ्कज साउँद लगायतका अतिथि रहेका थिए । कार्यक्रमको अवसरमा साँफेबगर नगरपालिकाका सबै वडाको प्रतिनिधित्व हुने गरि पुजा बुढाको सङ्योजकत्वमा अखिल क्रान्तिकारीको साँफेबगर नगरकमिटीको सम्मेलन आयोजक कमिटि पनि गठन गरेको छ । यस्तै सो अवसरमा केन्द्रीय पदाधिकारीलाई फुलमाला र अबिरले सम्मान गरिएको थियो भने एकआपसमा शुभकामना आदान प्रदान पनि गरिएको थियो । कबिन्द्र परियारको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन अखिल क्रान्तिकारी अछामका छात्रा बिभाग प्रमुख कबिता ठकुल्लाले गर्नुभएको थियो ।
Leave a Reply