डोटीका पत्रकार महराले गरे दलित युवकलाई अश्लिल गाली

समताखबर
  २२ आश्विन २०७४, आईतवार ०७:४०

पत्रकार पवन महरा

डोटीका पत्रकार पवन महराले सामाजिक संजाल मार्फत अश्लील गाली गलौज गरेको भन्दै मलेसियामा कार्यरत डोटीकै एक युवकले पत्रकार महरा बिरुद्ध खेद ब्यक्त गरेका छन् ।

पत्रकार महराले एउटै पार्टीलाई मध्येनजर गरि लेखेको समाचारमा गरेको कमेन्टको बिषयलाई लिई गाली गलौज गरेको पीडितले जानकारी दिए । पिडितले एउटै पार्टीलाई मात्र मध्येनजर नगरी सबैलाई समेटी समाचार लेख्न आग्रह गरेका थिए । तर महराले सबै पार्टीका आ-आफ्नै पत्रकारका संगठन हुने र तँ डुम (दमाई) ले आफुलाई पत्रकारिता सिकाउने भन्दै प्रती उत्तर दिए ।

पिडित प्रकाश नेपाली

तर, नेपालको संविधान २०७२ को भाग ३ को धारा २४ औं को उपधारा १, २, ३, ४ र ५ मा लेखिएको छ । कुनै पनि व्यक्तिलाई निजको उत्पती, जात, जाती, समुदाय, पेसा, व्यवसाय वा शारिरीक अबस्थाको आधारमा भेदभाव गर्न पाइने छैन् र सो कार्य गरेको पाईएमा कानुन बमोजिम दण्डनिय हुने छ ।

पत्रकार महरा र ३ बर्ष देखि मलेसिया बस्दै आएका पीडित युवक डोटीकै बासिन्दा हुन । महरा राष्ट्रिय समाचार समिती र ईमेज च्यानलका डोटी रिपोर्टर हुन भने दिपायल पोस्टका सह-सम्पादक तथा एनपिएल न्युज अनलाईन मिडियाका सम्पादक हुन ।

कसैलाई पढ्न मन भए तल हेर्नुहोला

 

प्रकाशित २२ असोज २०७४, आइतबार

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *