पूर्वमा ‘लाटीको छोरो’ प्रदर्शन हुने

काठमाडौं,असोज २७

काठमाडौंको मण्डला नाटकघरमा सफलतापूूर्वक मञ्चन भइसकेको नाटक ‘लाटीको छोरो’ पूर्वमा देखाइने भएको छ । आउँदो कार्तिक २५ गतेबाट १० दिनसम्म नाटक पूर्वका विभिन्न स्थानमा मञ्चन हुने भएको हो ।

श्याम शाहको कथा‘लाटीको छोरो’लाई नाट्य रुपान्तरण गरेर तयार पारिएको यो नाटकलाई सुलक्षण भारतीले निर्देशन गरेका हुन् । उनले यसअघि ‘बोक्सीको घर’ र ‘बिलगेट्स पण्डित’ नाटक निर्देशन गरेर राम्रो प्रशंसा बटुलेका थिए ।

त्यस्तै नाटक‘लाटीको छोरो’बाट ४२ वर्षपछि अभिनेता टिका पहारी नेपाली रंगमञ्चम ाफर्किएका हुन् । लामो समयपछि नाटकमा फर्किएर नयाँ पुुस्तासँग कामगर्न पाउँदा आफूलाई तन्नेरी महसुस भएको उनले बताउँदै आइरहेका छन् ।

यस नाटकलाई पूर्वको विर्तामोडमा कार्तिक २५ गतेदेखि २९ गते सम्म मञ्चन गर्ने तयारी रहेको नाटकको प्रोडक्सन डिजाइनर प्रकाश दाहालले जानकारी दिए । त्यसपछि मंसिर १ र २ शिवसताक्षी नगरपालिकाको दुधेमा मञ्चन गर्ने तयारी छ शिवसताक्षी पछि दमकतिर लाग्ने नाटक युनिटको योजना छ । अन्य स्थानकालागिपनि कुराकानीभइरहेको तर पक्काभइ नसकेको बताइएको छ ।
प्रकाशित २७ असोज २०७४, शुक्रबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *