उत्कृष्ट काम गर्ने दुई प्रहरी पुरस्कृत

किशोर बुढाथोकी

प्रसनी राजेन्द्र पासवानलाई नगद पुरस्कार प्रदान गर्दै प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ। तस्बिर : अन्नपूर्ण
विराटनगर स् प्रदेश १ मा उत्कृष्ट काम गर्ने दुई प्रहरीलाई सम्मान गरिएको छ। शुक्रबार ६२ औं प्रहरी दिवसका अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा उत्कृष्ट काम गर्ने प्रहरीलाई सम्मान गरिएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक राजेन्द्र पासवान र क्षेत्रीय अनुसन्धान समूहकी जवान बसन्ती राईलाई साधनादेवी श्रेष्ठको नामबाट स्थापित ‘साधनादेवी प्रहरी पराक्रम पुरस्कार’प्रदान गरिएको हो। दुबै अपराध अनुसन्धान र नियन्त्रणमा दख्खल राख्ने प्रहरी हुन्।

सम्मान कार्यक्रममा साधनादेवीका छोरा प्रा।डा। विक्रमप्रसाद श्रेष्ठले ४०(४० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरे। एक वर्ष भरीमा अपराध नियन्त्रण र अनुसन्धानमा उत्कृष्ट काम गरे बापत पासवान र राई पुरस्कृत भएको प्रदेश नम्बर १ का प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक ९एआईजी० पशुपति उपाध्यायले बताए।

२०७० सालमा स्थापना भएको पुरस्कार प्रत्येक वर्ष उत्कृष्ट काम गर्ने प्रहरीलाई प्रदान गरिन्छ। ५० हजार रुपैयाँबाट सुरु गरिएको पुरस्कारको रकम ८० हजार पुगेको छ। अन्नपूर्णबाट

प्रकाशित २७ असोज २०७४, शुक्रबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *