चेतनामूलक चलचित्र ‘अछुत’ सार्वजनिक

समताखबर
  २४ आश्विन २०७४, मंगलवार ०९:३५

सुर्खेतमा निर्माण भएको सामाजिक विभेदमा आधारित चलचित्र ‘अछुत’ शनिवार रिलज भएको छ । विरेन्द्रनगरमा शुक्रवार आयोजित पत्रकार सम्मेलन गर्दै चलचित्र ‘अछुत’ का बारेमा चलचित्र युनिटले जानकारी दिएको थियो । सामाजिक विभेद विरुद्धको अभियानका रुपमा निर्माण गरिएको चलचित्र ‘अछुत’ शनिवार सुर्खेतस्थित जिल्ला समन्वय समितिको सभाहलमा रिलिज गरिएको हो ।

काँक्रेविहार मुभिहाउस सुर्खेतले उत्पादन गरेको चलचित्र ‘अछुत’ ले समाजमा रहेको छुवाछुत र जातिय विभेदका विरुद्धमा आवाज उठाउने काम गरेको चलचित्र लेखन तथा निर्देशक बालकृष्ण सुनारले जानकारी दिएका छन् । चलचित्रका निर्देशक बालकृष्ण सुनारले विभिन्न संघ–संस्था, जिल्ला समन्वय समिति, विरेन्द्रनगर कार्यपालिका, सुन चाँदी व्यवसायीहरु लगायतको सहयोगमा चलचित्र ‘अछुत’ निर्माण सम्भव भएको बताए । चलचित्र ‘अछुत’ हेरेपछि समाजमा रहेका रुढीवादी संस्कारमा परिवर्तन आउन सक्ने र मान्छेले मान्छेलाई मानवतावादी दृष्टिकोणले हेर्न प्रेरित गर्ने कुरा उनले बताए ।

चलचित्रमा संजीब बराल र सपना सापकोटाको प्रमुख भुमिका रहेको चलत्रिमा प्रेमदेव गिरी, गणेशभक्त गौतम, प्रकाश पौडेल, अकबर खान, गीता कटुवाल, शेरबहादुर आचार्य लगायत दुई दर्जन भन्दा बढि कलाककारहरुको अभिनय रहेको छ । चलचित्रमा संगित तिलक गन्धर्व, द्धन्द निर्देशक विशाल सानु श्रेष्ठ, सम्पादन वलभद्र वौडेल, छायांकन अकवर खानले गरेका छन् । चलचित्र निर्माणमा करिब सात लाख लगानी भएको उनले बताए । समाजमा रहेको विभेद न्युनिकरण गर्ने उद्देश्यले निर्माण गरिएको चलचित्रको प्रमुख गित तथा टेलर युटुब मार्फत सार्बजनिक गरि सकिएको छ

चलचित्र ‘अछुत

प्रकाशित २४ असोज २०७४, मंगलबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *