
प्रायजसो हामी विभिन्न सब्जीजन्य पदार्थबाट बनेका अचार मात्र खाइरहेका हुन्छौं– आलु, काँक्रो, लप्सी, टमाटरलगायतका । तर, मासुको अचार पनि कम्ती स्वादिलो हुँदैन । यहाँ कुखुराको मासुको अचार बनाउने तरिकाबारे चर्चा गरिएको छ । यसका लागि निम्न सामग्री जोरजाम गर्नुपर्ने हुन्छ ।
कुखुराको मासुबाट विभिन्न परिकार बनाएर खाएको अथवा नखाएपनि देखेका छौं हामी सबैले। तर धेरैले नसुनेको र सायद नखाएको एउटा परिकार हो चिकेन अचार। मासुको अचार पनि बन्छ ररु
यसरी बन्छ चिकेन अचारः
आवश्यक सामग्री
कुखुराको मासु स् ५ सय ग्राम
सुकेको लसुन स् १ पाउ
अदुवा स् आधा पाउ
तेल स् आधा माना
जिराको धुलो स् २ चम्चा
टिम्मुरको धुलो स् १ चम्चा
मेथी, रायो, मुलाको बिउको
धुलो स् केही
खुर्सानीको धुलो स् २ चम्चा
चुक अमिलो स् १ चम्चा
बनाउने विधि
सबैभन्दा पहिले कुखुराको मासुबाट छाला झिक्ने । एक ठूलो चम्चा पानी हालेर त्यसलाई मधुरो गरी आगोमा बफ्याउने । त्यसमा रहेको पानी सुकाउने । बफ्याइसकेको मासु मसिनो टुक्रा पारेर काट्ने । लसुन छोडाएर केस्रा पारी काट्ने, एक पोटी लसुनचाहिँ पिस्ने । अदुवा पनि त्यसै गर्ने, केहीलाई केस्रा बनाएर काट्ने अनि केहीलाई पिस्ने ।
सबै सामग्री तयार भएपछि कराहीमा आधा माना तेल तताउने । तातेको तेलमा टुक्रा पारेर राखिएको मासु ओइरिने । मासुलाई खैरो पारेर भुटिसकेपछि मसला हालेर आगोमा केहीबेर राख्ने अनि मोल्ने । अब कुखुराको मासुको अचार तयार भयो, खाना या खाजासँग मिलाएर खान सकिन्छ । एभ्रिडेखबरबाट
प्रकाशित २७ असोज २०७४, शुक्रबार
Leave a Reply