आखिर हुने भयो राप्रपाका मन्त्रीहरुको सपथ, आजै सपथग्रहण कार्यक्रम

काठमाडौँ । राप्रपाको तर्फबाट नवनियुक्त मन्त्रीहरुको सपथ आज साँझ हुने भएको छ । निर्वाचन आयोगले सपथ ग्रहण कार्यक्रम राख्दा कुनै फरक नपर्ने आशयसहितको सुझाव राष्ट्रपति विद्यादेवी भण्डारीलाई दिएपछि राष्ट्रपति कार्यालयले साँझ ७ बजेको लागि सपथग्रहणको कार्यक्रम तय गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका लागि राष्ट्रपति कार्यालयमा हिजो पत्र पठाएका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री, जयन्त चन्द, दिलनाथ गिरी र विक्रम थापालाई मन्त्रीका लागि सिफारिस गरिएको पत्र राष्ट्रपति कार्यालयमा पठाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । यसैगरी राज्यमन्त्रीमा कुन्तीकुमारी शाही, सुशीलकुमार श्रेष्ठ, भाष्कर भद्रा र कान्ता भट्टराईलाई सिफारिस गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *