
बाणिज्य मन्त्री मिन विश्वकर्माले सरकार स्वयंबाट कालो बजारी भईरहेको भन्दै यसको अन्त्य गर्न आफु लागेको बताएका छन् । मन्त्री विश्वकर्माले सुनचाँदी व्यवसायमा देखिएका समस्या समाधान गर्न आफु लागि पर्ने र यसमा सबैको साथ र सहयोगको खाचों रहेको बताए ।
शुक्रबार सुनसरी उद्योग बाणिज्य संघको ३६ औं बार्षिक साधारण सभामा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले भने–‘सुनचाँदीको कारोबार गर्न गराउनका लागि नेपालमा समस्या नै समस्या छ । किनभने व्यापारिहरुले भनेजतिको सुन अन्य देशबाट ल्याउन सकिरहेका छैनन् । थोरै मात्रामा सुन ल्याएर विक्रि वितरण गर्दा चाहेजतिको नाफा कमाउन सक्दैनन् ।’
व्यवसायीहरु अधिकारका लागि एकजुट भएर आन्दोलित भए मात्र आफ्नो अधिकार सहज रुपमा प्राप्त गर्न सकिने उनले बताए । सुनचाँदी व्यवसायीहरु कला व्यवसायी बाट महासंघ र महासंघ बाट उद्योग वाणिज्य संघमा जानुपर्ने र त्यसका लागि आफुले जस्तो सुकै सहयोग गर्ने बताए ।
सुनचाँदी व्यवसायमा देखिएका विभिन्न समस्याहरुलाई अन्त्य गर्ने प्रतिबद्धता जनाउदै सुन आपुर्तिमा कमि हुन नदिन आफु लागि परेको बताए । यस्तै नेपाल सुनचाँदी हस्ताकला व्यवसायी संघका अध्यक्ष मोहन विश्वकर्माले राज्यले सुनचाँदीको कला र सीपको सम्मान गर्न नसकेको गुनासो गरेका छन् । उनले सुनचाँदी व्यवसायमा विभिन्न समस्या रहेको भए पनि त्यसलाई समाधान गर्न राज्यले ध्यान दिन नसकेको बताए । उनले सुनचाँदी व्यवसायमा विकृति आएको भन्दै सुनचाँदी खरिद गर्दा राम्रो संग सोधपुछ गरेर मात्र खरिद गर्न व्यसायीहरुलाइ आग्रह गरे । एक अर्को प्रसंगमा उनले सामुहिक भेलाबाट धरानलाई १ नं.प्रदेशको राजधानी बनाउन पहल गरिने बताए । धरानको विकास एंव समृद्धिका लागि यस क्षेत्रलाई राजधानी बनाउन जरुरी रहेकोले सबै राजनितिक दल, समुदाय, स्थानिय तथा सम्बन्धित सबै पक्ष मिलेर राजधानी बनाउन घोषणा गर्ने कार्यमा आफु अग्रसर हुने समेत उनले बताए ।
सोही अवसरमा पर्यटन एंव आर्थिक क्षेत्रमा कलम चलाउदै आएका दुई जना पत्रकारहरुलाई सम्मान समेत गरिएको छ । कान्तिपुर दैनिकका संवाददाता वेदराज पौडेललाई आर्थिक क्षेत्र र नागरिक दैनिकका संवाददाता रोहीत राईलाई पर्यटन क्षेत्रको समाचार सम्प्रेषन गरेको भन्दै नगद १० हजारसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि वाणिज्य मन्त्रि मिन विश्वकर्मा र संघका अध्यक्ष राजेन्द्र शाह लगायतले सम्मानपत्र प्रदान गरेका थिए ।
सोही कार्यक्रममा वाणिज्य संघको कार्यलयमा कार्यरत उत्कृष्ट कर्मचारी सबिता श्रेष्ठ र तारा तामाङलाई नगद ५-५ हजार रुपैंया समेत प्रदान गरिएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का, संघका पुर्व अध्यक्ष मोहनकाजी शाक्य, पुर्व अध्यक्ष पवन कुमार अग्रवाल, बराह ज्वलरी ईण्ड्रष्टिजका धरान शाखा प्रमुख मान वहादुर दियाली, महिला सञ्जाल धरानका अध्यक्ष शिला ब्रजाचार्य लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो ।
प्रकाशित २८ असोज २०७४, शनिबार
Leave a Reply