वामपन्थी नेता महेश्वर श्रेष्ठ माओवादीमा प्रवेश

समताखबर
  ३० आश्विन २०७४, सोमबार ०९:२४

काठमाडौं, असोज ३० । ललितपुरका वामपन्थी नेता एवं बुद्धिजीवी महेश्वर श्रेष्ठ माओवादी केन्द्रमा प्रवेश गरेका छन ।श्रेष्ठ सोमबार बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबाट टिका लगाएर माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।

चौंथो महाधिवेशन, माले, एमाले, माले हुँदै लामो समयदेखि बामपन्थी आन्दोलनमा क्रियाशील नेता श्रेष्ठ ललितपुरका स्थापित नेता तथा बुद्धिजीवी हुन ।माओवादी केन्द्रमा प्रवेश गर्दै श्रेष्ठले राजनीतिक एजेण्डा र समाजवादी मिसनमा अगाडि बढ्ने माओवादी केन्द्रको निर्णयसँग सहमत भएर आफू माओवादी केन्द्रमा आएको बताए । पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले श्रेष्ठको अनुभव र बौद्धिकताले माओवादी केन्द्रमा थप उर्जा हासिल हुने बताए । नेता श्रेष्ठको पार्टी प्रवेशले ललितपुरमा माओवादी केन्द्रको संगठनात्मक आधार बलियो हुने माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले दावी गरिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *